पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाल्पा ओमबहादुर घर्तीमगरको नेतृत्वमा अगाडि बढ्ने भएको छ । एमाले पाल्पाको दशौं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएपछि तीन वर्षका लागि घर्तीमगरले नेतृत्व गर्ने अवसर पाउनुभएको हो । यसका साथै घर्तीमगर सहित सम्पूर्ण पदाधिकारी र जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन भएको छ ।
गएको शुक्रबार र शनिबार तानसेन नगरपालिका हतमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा विमल काफ्ले, सचिवमा भोजराज पोखरेल(रामजी), उपसचिवमा दीपक विश्वकर्मा र महिला उपसचिवमा मिना जिसीसहित एक सय १ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन भएको प्रमुख निर्वाचन अधिकृत विनोद कार्कीले जानकारी दिनुभयो । जसमा विद्यानमा व्यवस्था भएअनुसार ३३ प्रतिशस महिला र १५ प्रतिशत युवा सहभागिता रहेको छ ।
जिल्ला कमिटी अध्यक्ष पदका लागि पूर्व सचिव घर्तीमगर र निर्वतमान सचिव पोखरेलको दावी रहेको थियो । लामो छलफल र कसरतबाट सहमतिमा पदाधिकारीको टुंगो लगाउन सफल भएको निर्वतमान अध्यक्ष धनेन्द्रराज घिमिरेले जानकारी दिनुभयो । उहाँले सहमतीमा नेतृत्व चयन हुने बताउँर्दै आउनुभएको थियो । अध्यक्ष बन्नुभएका घर्तीमगर यसअघि एमाले जिल्ला कमिटीको सचिव र तिनाउ गाउँपालिकाको अध्यक्ष भइसक्नुभएको छ ।
अधिवेशन उद्घाट सत्रका प्रमुख अतिथि नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनपछि एमाले पहिलो पार्टी बन्ने बताउनुभयो । उहाँले अब एमालेले सरकार चलाउने र नेपाली कांग्रेसले खवरदारी गर्ने बताउनुभयो । कांग्रेस गठबन्धनको सरकारले जनताकोहितमा काम गर्न नसकेपछि एमालेसँगको सहकार्यमा सरकार बनेको महासचिव पोखरेलले बताउनुभयो । उहाँले मुलुक बनाउने जिम्मेवारी एमालेको काँधमा रहेको बताउँदै जनताले एमालेकै विश्वास र भरोसा गरेको उल्लेख गर्नुभयो । पछिल्ला समयमा भएका उपनिर्वाचनले यसको संकेत गरेको महासचिव पोखरेलको भनाइ थियो ।
जिल्ला कमिटीका अन्य सदस्यहरु पनि पालिका र क्षेत्रगत रुपमा सर्वसम्मत रुपमा चयन भएका छन् । चार सय ४५ बढी प्रतिनिधिको सहभागिता रहेको अधिवेशनका अवसरमा २०४८ सालमा भएको प्रथम जिल्ला अधिवेशनबाट पार्टीको तत्कालिन जिल्ला सचिव बन्नुभएका झपेन्द्रबहादुर जिसी र २०५० सालमा भएको दोस्रो अधिवेशनबाट सचिवको जिम्मेवारी सम्हाल्नु भएका दलबहादुर रानालाई सम्मान तथा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुलाई सहयोग गर्न पुग्नुभएका प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्य, एमाले पाल्पाका उपाध्यक्ष देवीलाला लामिछानेसहित १८ जनाको टोलीलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
अधिवेशनको बन्द सत्रमा अध्यक्ष धनेन्द्रराज घिमिरेले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रिय राजनीतिमा पाल्पा जिल्लाको कम्युनिष्ट आन्दोलनले महत्वपूर्ण योगदान गर्दै आएको बताउनुभयो । उहाँले २००७ सालको राणाविरोधी अन्दोलन, २०३५÷०३६ को विद्यार्थी आन्दोलन र जनमत संग्रह, २०४६ को संयुक्त जनआन्दोलन र २०६२÷७३ को ऐतिहासिक जनक्रान्तिमा पाल्पाको कम्युनिष्ट आन्दोलन र त्यसको नेतृत्वदायि शक्ति नेकपा (एमाले) को निर्णायक भूमिका रहेको बताउनुभयो । पाल्पा जिल्लाको विकास, समृद्धि र जनसरोकारका विषयहरुमा एमालेले नेतृत्वदायी भूमिका निर्वाह गर्दे आएको उल्ल्ेख गर्नुभयो । २०५१ देखि २०७९ को निर्वाचनसम्म आइपुग्दा पाल्पाली जनताले एमालेलाई पहिलो र नेतृत्वदायि शक्तिको रुपमा स्थापित गराई न्याय, समानता र परिवर्तनको बागडोर सुम्पेकामा धन्यवाद समेत व्यक्त गनुएभयो ।
अध्यक्ष चयन हुनुभएका घर्तीमगरले अधिवेशनमा सहभागी प्रतिनिधि तथा नेताहरुलाई धन्यवाद ज्ञापन गर्दै आमनागरिकको पार्टी प्रतिको विश्वास र भरोसालाई आत्मसाथ गर्दै पाल्पाको कम्युनिष्ट आन्दोलनलाई थप उचाईमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।