नेकपा एमाले पाल्पाको दशौं जिल्ला अधिवेशनको तयारी पूरा

पाल्पा । नेकपा एमाले पाल्पाको दशौं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशन बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा एमाले जिल्ला अध्यक्ष धनन्द्रराज घिमिरेले शुक्रबारदेखि सुरु हुने जिल्ला अधिवेशनको सम्पूर्ण तयारी सकिएको जानकारी गराउनुभएको हो । जेष्ठ ११ र १२ गते तानसेन नगरपालिकाको हलमा हुने अधिवेशन सभ्य र भब्य बनाउनका लागि विभिन्न उपसिमितले काम गरिरहेको र अधिवेशनका लागि जिल्ला बाहिरबाट आउने नेताहरुको पनि जिल्ला आइसकेको जानकारी दिनुभयो ।

अधिवेशनको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्ने अध्यक्ष घिमिरेले बताउनुभयो । शुक्रबार उद्घाटन सत्र पछि बन्द सत्रमा पार्टीको सांगठनिक तथा आर्थिक प्रतिवेदन अध्यक्ष घिमिरेले प्रस्तुत गर्नुहुने छ । यसका साथै यो अधिवेशनमा नेतृत्व चयनमा मात्रै भन्दा पाल्पाको विकास र समृद्धिमा नेकपा एमालेको भूमिकाका विषयमा समेछ लफल गरेर आगामी दिनमा गर्नुपर्ने कामको योजनामा समेत छलफल हुने अध्यक्ष घिमिरेले बताउनुभयो ।

अधिवेशनका लागि ४ सय ५० प्रतिनिधि छनोट भएका छन् । जसको ५ प्रतिशत जिल्ला कमिटीले मनोनित गर्न सक्ने व्यवस्था रहेको छ । अधिवेशनबाट १ सय ५ जनासम्मको जिल्ला कमिटी गठन हुने विधानमा व्यवस्था छ । जसमा न्यूनतम ३३ प्रतिशत महिला अनिर्वाय र १५ प्रतिशत युवा अनिर्वाय भएको अध्यक्ष घिमिरेले बताउनुभयो । अधिवेशनलाई न्यूनतम खर्चमा सम्पन्न गर्नका लागि अधिकतम प्रयास गरिएको अध्यक्ष घिमिरेले बताउर्दै शुभेच्छुकहरुको सहयोग र प्रतिनिधिहरुको शूल्कको रकमबाट खर्च व्यवस्थापन गरिने जानकारी दिनुभयो ।

पार्टीको दशौं अधिवेशनका अवसरमा २०४८ सालमा भएको प्रथम जिल्ला अधिवेशनबाट पार्टीको तत्कालिन जिल्ला सचिव बन्नुभएका झपेन्द्रबहादुर जिसी र २०५० सालमा भएको दोस्रो अधिवेशनबाट सचिवको जिम्मेवारी सम्हाल्नु भएका दलबहादुर रानालाई सम्मान तथा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुलाई सहयोग गर्न पुगेको प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्य, एकाले पाल्पाका उपाध्यक्ष देवीलाला लामिछानेसहित १८ जनाको टोलीलाई प्रशंसा पत्रले सम्मान समेत गरिने अध्यक्ष घिमिरेले बताउनुभयो । नेतृत्वका लागि आकंक्षीहरु धेरै भएपनि सकेसम्म सम्र्वसम्मत रुपमा जिल्ला कमिटी चयन गरिने प्रयास हुने अध्यक्ष घिमिरेको भनाइ छ ।

सम्बन्धित खवर