तानसेन । पाल्पा जेसीजले गुल्मीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । जेसीजले गुल्मी जिल्लाको सत्यवती–१, अस्लेवा, रुद्रवेणीधाममा रहेको श्रीराम मन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रममा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
शिविरमा आश्रममा बस्दै आएका ४५ बढी ज्येष्ठ नागरिकको मधुमेह, उच्च रक्तचापका साथै आधारभूत स्वास्थ्य परीक्षण गरिएको पाल्पा जेसीज वर्ष २०२४ का अध्यक्ष अर्जुन कार्की जानकारी दिनुभयो । उहाँले आश्रममा बस्दै आउनुभएका आमाबुबाको समयमा स्वास्थ्य परीक्षण नहुँदा खेप्नुपर्ने अनेकन जटिलतालाई मध्यनजर गरेर शिविर आयोजना गरिएको समेत बताउनुभयो ।
जेसीजले लुम्बिनी मेडिकल कलेजको प्राविधक सहयोग, म्याग्नस फार्मा काठमाडौंको औषधि सहयोगमा शिबिर सञ्चालन गरेको जनाएको छ ।
शिविरमा विशेषज्ञ चिकित्सक उदिप महर्जनसहित राज कोजु, तामेश्वर चौधरी,ब्रजिन जयना श्रेष्ठ र शालिकराज ढकालसहितको टोलीले स्वास्थ्य परामर्श तथा उपचार सेवा उपलब्ध गराएको अध्यक्ष कार्कीले बताउनुभयो ।
शिविरमा सहभागीहरुले आफू बसेको आश्रमको नजिकै स्वास्थ्य शिविर सञ्चालन गरेर सेवा दिएकोमा ज्येष्ठ नागरिकहरु खुसी भएका छन् । उनीहरुले समय समयमा स्वास्थ्य परीक्षणको शिविर राख्न आग्रह समेत गर्नुभएको आयोजकले जनाएको छ ।