
पाल्पा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीयताको प्रभावकारी कार्यान्वयनमा तीन तहका सरकारकाे समन्लेवयकारी भूमिका हुनुपर्ने बताउनुभएको छ । उहाँले दलको भूमिकालाई ठिक ढंगबाट अगाडि बढाउनका लागि सभामुखहरुले खेल्ले भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
तानसेनमा शुक्रबारदेखि सुरु भएको अन्तर व्यवस्थापिका भेलामा मुख्य पाहुना रहनुभएका सभामुख घिमिरेले संघ र प्रदेश सरकारले बनाएका कानुनको कार्यान्यनका लागि पनि समन्वय र सहकार्यको आवश्यकता रहेको बताउनुभयो । उहाँले देशको राजनीतिक सन्दर्भमा आएको फेरबदलसंगसंगै प्रदेश र संघ बिचको सम्बन्ध, कामको प्रभावकारीता अनुभूतिहरु, चुनौतीहरु, उपलब्धीहरु साटासाट गर्नका लागि भेला सफल हुने विश्वस व्यक्त गर्नुभयो ।
प्रतिनिधि सभा सभामुख, राष्ट्रिय सभा उपाध्यक्ष र सबै प्रदेशका सभामुख र उपसभामुखसहितको उपस्थितिमा भएको भेलाले व्यवस्थापिकाको प्रभावकारीता कसरी बढाउने भन्ने विषयमा छलफल हुने समेत सभामुख घिमिरेले बताउनुभयो । भेलामा उत्तरविद्यायिकी परीक्षण कार्यविधि संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, अन्तर व्यवस्थापिका मञ्च, नेपालको विद्यान प्रस्तुति हुने लुम्बिनी प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।
यस्तै भेलामा सातै प्रदेशका सभामुख, उपसभामुख, प्रदेशसभा सचिवले समूहगत छलफल गर्नुका साथै आ–आफ्ना सुझाव राख्ने, संसदका लागि आवश्यक बजेट व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा पनि छलफल हुने कार्यक्रम रहेको आयोजक लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले जानकारी दिनुभयो । उहाँले संघीताको कार्यान्वयनमा भेलाले मद्दत गर्ने समेत बताउनुभयो ।