शैक्षिक प्रलोभन देखाउने प्रति बगनासकालीको ध्यानाकर्षण

पाल्पा । बगनासकाली गाउँपालिका पाल्पाले शैक्षिक प्रलोभन देखाउने गरेको गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

गाउँपालिकाले सूचना प्रकाशन गरी ध्यानाकर्षण भएको जनाएको हो । अहिले नयाँ शैक्षिक शत्र २०८१ का लागि विद्यार्थी भर्ना अभियान चलिरहेको छ । सोही अवसरमा तानसेन नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु गाउँपालिका भित्र गएर बालवालिकाहरुलाई विभिन्न शैक्षिक प्रलोभन देखाउने, गाउँपालिका भित्रको शैक्षिक गुणस्तरको विषयमा टिका टिप्पणी गर्ने र स्थानीय विद्यालयमा किन पठाएको जस्ता प्रश्न गरेर विद्यार्थीहरुमा भ्रम फैलाउने गरी गलत प्रचार गरेको प्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

अनावश्यक र गलत प्रचार प्रसार नगर्न नगराउन सम्बन्धित सबैलाई जानकारी गराउनुको साथै बगनासकालीका अभिभावकहरुलाई यस प्रकारको भ्रामक प्रचारप्रसारको पछि नलागि आफ्ना बालवालिकाहरुलाई बगनासकालीकै विद्यालयहरुमा पठनपाठन गराउन अनुरोध गरिएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । उहाँले आफ्ना बालवालिकाहरुले अध्ययन गर्ने विद्यालयको शैक्षिक गुणस्तरका विषयमा कुनै गुनासो भए गाउँपालिकामा जानकारी गराउन समेत सरोकारवालाहरुलाई आग्रह गरिएको बताउनुभयो ।

पछिल्लो समय तानसेनमा सञ्चालनमा रहेका विद्यालयहरुले विद्यार्थी तान्नका लागि विभिन्न प्रलोभन सहित स्थानीयस्तरमा सञ्चालन भएका विशेषगरी सामुदायिक विद्यलायका विषयमा गलत प्रचार गर्ने गरेको पाइन्छ । स्थानीयस्तरमा रहेका सामुदायिक विद्यालयलाई कमजोर देखाएर आफ्नो विद्यालयमा विद्यार्थी भर्ना गर्ने विगतदेखिको तानसेन क्षेत्रका विद्यालयहरुलाई पहिलो पटक बगनासकालीले लिखित रुपमा ध्यानाकर्षण भएको जनाएको हो ।

सम्बन्धित खवर