दोस्रो निस्दी महोत्सव सम्पन्न

पाल्पा । दोस्रो निस्दी महोत्सव सकिएको छ । गएको चैत्र २६ देखि बैशाख ३ गतेसम्म सञ्चालत भएको दोस्रो निस्दी कृषि पर्यटन सांस्कृतिक तथा खेलकुद महोत्सव सम्पन्न भएको हो ।

निस्दी खेलकुद विकास समिति पाल्पाको आयोजना तथा निस्दी गाउँपालिका, पाल्पाको संरक्षणमा महोत्सव भएको हो ।

गाउँपालिका खेल मैदान मित्यालको झ्यालटुङमा भएको महोत्सवको उद्घाटन पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य नारायण आचार्य र समापनमा पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले रहनुभएको हो ।

महोत्सवमा राष्ट्रिय कलाकार नारायण रायमाझी, बद्री पंगेनी, प्रकाश दुतराज, ज्योति मगर, रमेशराज भट्टराई, टंक तिमिल्सिना, सागर आले, हुम गैरे, दिप काफ्लेलगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो । यसैगरी स्थानीय कलाकार तथा कौरा, ठूलो नाच, झ्याउरे, भजन, घाँटु जस्ता झाँकी नाच प्रदर्शनीले सबैको मन जितन सफल भयो ।

महोत्सवको अवसरमा आयोजना गरिएको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बौदीकाली गाउँपालिका नवलपुरले हात परेको छ । दोस्रो चापाकोट नगरपालिका स्याङ्जा, तेस्रो घिरिङ गाउँपालिका तनहुँ र सान्त्वना निस्दी गाउँपालिका भएको छ । यसैगरी प्रथम निस्दी डान्स आइडल मित्यालकी सृष्टि सुनारी हुन सफल भएकी छिन । भलिबल र डान्स आइडलमा बिजेतालाई ट्रफी, मेडल, प्रमाणपत्र र नगदसहित सम्मान गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक उमेश कुमार गाहाले बताउनुभएको छ ।

महोत्सव सफल पार्न विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, उद्योगी, व्यापारी, वित्तीय कम्पनी र व्यक्तिले आर्थिक सहयोग गरेका थिए । निस्दीको कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुदको विकास, संरक्षण, सम्र्वद्धन तथा प्रचारप्रसार गरने उद्देश्यले आयोजना गरेको महोत्सवमा सोचेभन्दा सफलता मिलेको आयोजकले बताएको छ ।

सम्बन्धित खवर