नुवाकोटमा कर्णेल थापाको पूर्णकदको शालिक

पाल्पा । जितगढी नुवाकोट ऐतिहासिक पैदलमार्ग नुवाकोटमा कर्णेल उजिरसिंह थापाको पूर्णकदको शालिक अनावरण गरिएको छ ।

समर सौन्दर्यका नायक कर्णेल उजिरसिंह थापाको पूर्णकदको शालिक नेपाली सेनाको गरुडदल गणको अग्रसरतामा तिनाउ गाउँपालिका, बुटवल उपमहानगरपालिका र शाइन रेसुङ्गा डेभलप्मेन्ट बैंकको आर्थिक सहयोगमा निर्माण गरिएको हो ।

शालिक अनावरण कार्यक्रममा बुटवल उप–महानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले नेपाल–अंग्रेज युद्धको समयमा पाल्पा–बुटवल क्षेत्रमा एक सच्चा देश भक्त, कुशल प्रशासक, रणनीतिकार तथा दुरदर्शी राजनैतिक कमाण्डर रहनुभएका थापाको शालिक निर्माण कार्यमा सहभागी गराएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले तिनाउ गाउँपालिकालाई उपमहानगरपालिकाले सिरका रुपमा लिएकोले सधै साझेदारीमा काम गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले यस क्षेत्रको इतिहासलाई पर्यटनसंग जोडेर आर्थिक आयआर्जनको अवस्था निर्माण गर्नुपर्ने बताउनुभयो । प्रमुख पाण्डेयले आफूहरुले छिमेकी पालिकाहरुसंग दश÷दश लाखको साझेरीमा काम गर्ने योजना बनाइरहेको बताउँदै नुवाकोटमा भगवतीको मन्दिर बनाउने योजनामा साझेदारी गर्न आग्रह गर्नुभयो ।

गरुडदल गणका गणपति प्रमुख सेनानी दिपेन्द्र न्यौपानेले कर्णेल उजिरसिंह थापाले नेपाल–अंग्रेज युद्धको समयमा खेलेको भूमिकाका विषयमा जानकारी गराउनुभयो । यसका साथै उहाँले शालिक निर्माणमा सहयोग,समन्वय र सहकार्य गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन समेत गर्नुभयो ।

तिनाउँ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले नुवाकोट एतिहासिक र पर्यटकीय क्षेत्र भएकोले यसको विकासका लागि सबै क्षेत्रको आवश्यकता रहेको बताउनुभयो । उहाँले इतिहास र पुराना संस्कृतिको संरक्षण गर्दै पर्यटन विकास गनुपर्नेमा जोड दिनुभयो । भएका सम्पदाको प्रयोग गरेर स्थानीयस्तरमै आम्दानी गर्ने वातावरण तयार गर्नुपर्ने समेत अध्यक्ष क्षेष्ठले बताउनुभयो ।
शाईन रेसुङ्गा डेभलप्मेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले एक सच्चा देश भक्तको शालिक निर्माणमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

मध्यपश्चिम पृतनापति उपरथी सुनिल श्रेष्ठ, २२ नं. बाहिनी पति सहायक रथी ललित बहादुर कुंवरलगायतको विशेष उपस्थितिमा भएको कार्यक्रममा तिनाउ गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले अतितिहरुलाई स्वागत गर्नुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय