
पाल्पा । होटल पौवाले आफ्नो ८ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । अन्य शाखाले जस्तै होटल पौवा तानसेनले फरक क्षमता भएका व्यत्तिलाई एक छाक खाना खुवाएर दिवस मनाएको हो ।
होटलले स्थापना दिवसका अवसरमा तानसेन ७ काजिपौवामा रहेको सिर्जनशील अपांग स्वालम्बन केन्द्रमा बस्ने ५५ जना फरक क्षमता भएका व्यक्तिलाई एक छाक खाना खुवाएको शाखा प्रबन्धक यदुप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
खाना लिएर केन्द्रमा संगै पुग्नुभएका होटेलका सेयर सदस्य गुराँस आत्रेयले पौवा होटेलले व्यापार मात्र गर्ने भन्दा पनि सामाजिक उतरदायित्वलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभो । उहाँले विभिन्न पर्व, उत्सवहरुमा जस्तै स्थापना दिवसमा पनि सिर्जनशील काम गरेर मनाउने निर्णय अनुसार कार्यक्रम तय गरेर केन्द्रमा एक छाक भोजन गराइएको बताउनुभयो ।
पत्रकार माधवप्रसाद अर्यालले होटल पौवाले स्थापना दिवसका अवसरमा केन्द्रमै पुगेर गरेको सहयोग सकारात्मक भएको बताउनुभयो । उहाँले व्यापार गर्नेहरुले नाफामात्र खोज्छन भन्ने भनाइलाई यो कार्यक्रमले गलत सावित गरिदिएको समेत बताउनुभयो । पत्रकार अर्यालले सामाजिक सेवाका कामहरुलाई आमनागरिकले अनुभूति गर्ने गरी गर्न पौवा होटलका सञ्चालकहरुलाई आग्रह समेत गर्नुभयो ।
केन्द्रका अध्यक्ष सन्दीप भट्टराईले आफूहरुलाई सहयोग मिल्नेगरी केन्द्रमै आएर एक छाक खानाको व्यवस्थापन गरिदिएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको समेत बताउनुभयो ।
होटल पौवा पाल्पाको तानसेनसहित रुपन्देहीको बुटवल योगीकुटी र भैरहवा, दाङको भालुवाङ, लमही र घोराही, कपिलवस्तुको गोरुसिङ्गे, गुल्मीको रेसुङ्गा, गण्डकी प्रदेशको पोखरा, बागमती प्रदेशको काठमाडौंको गौशाला, कर्णाली प्रदेशको जुम्ला र सुदुरपश्चिमको धनगढीमाबाट सेवा दिँदै आएको छ । आज सबै शाखाहरुले रचनात्मक कार्यक्रम गरेर स्थापना दिवस मनाइएको लेखापाल सन्जु कार्कीले जानकारी दिनुभयो ।