कपाल काट्ने तालिम तानसेनमा सुरु

पाल्पा । सीप सिकौ, स्वरोजगार बनौ भन्ने मूल नाराका साथ सैलुन व्यवसाय सञ्चालन गर्नको लागि १५ दिने कपाल काट्ने तालिम तानसेनमा सुरु भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजनामा सञ्चालन भएको तालिममा जिल्लाका दश स्थानीय तहका २२ जना महिला तथा पुरुषहरूको सहभागिता रहेको छ ।

कार्यक्रम उद्घाटन गर्दै तानसेन ३ नं. वडाका वडाध्यक्ष बाबुरत्न शाक्यले सिकेको सीपलाई व्यवहारमा उतार गरी आय आर्जन गरेर आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । उहाँले सीमपूलक तालिमले स्वरोजगार बन्न सहयोग पुग्ने भएकोले लगनशील भएर तालिम दिन सहभागीलाई आग्रह समेत गर्नुभयो ।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले आफूले सिकेको सीप सानो या ठूलो नहँुने र परिवर्तनशील समय अनुसारको फेसन डिजाईन सीप सिकेपछि बेरोजगार बस्न नपर्ने बताउनुभयो । उहाँले आयआर्जनका लागि महिला पुरुष दुबै बराबरी बाटोमा हिड्न सकिने भएकोले सीप सिक्नुपर्नेमा जोड दिनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख श्यामकुमार पौडेलले विशेषगरी पुरुषहरुको कपाल कटाई सीपलाई लक्षित गरेर आयोजना गरिएको तालिममा महिलाहरू पनि सहभागी भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले आफ्नो सीपलाई प्रदर्शन गरी लोकप्रिय बन्दै आफ्नै देशमा बसेर आर्थिक समृद्धि हासिल गर्न सकिने र तालिमका लागि राज्य गरेको लगानी पनि खेर नजाने बताउनुभयो ।

तालिम संयोजक मनोज घिमिरेले नागरिकको आवश्यकता, क्षमता र माग अनुसार कार्यालयले हाउसवायरिङ, प्लम्बिङलगायतका विभिन्न क्षेत्रका सीपमुलक तालिमहरू सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो ।

सम्बन्धित खवर