राप्रपा पाल्पाको प्रधानमन्त्रीलाई ज्ञापन पत्र

पाल्पा । राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले पाल्पाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

अभिभावकीय भूमिकामा संवैधानिक राज संस्थाको माग सहित प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने, प्रदेश खारेज हुनुपर्ने, स्थानीय तहलाई अधिकार सम्पन्न गराउनुपर्ने, धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दु अधिराज्य हुनुपर्ने माग सहितको ४० बुँदे ज्ञापन पत्र बुझाइ राप्रपा पाल्पाका अध्यक्ष डुलबहादुर कुँवरले बताउनुभयो ।

उहाँले कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्था गर्न, देशभरी निशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा र स्वास्थ्यको सुनिश्चित गर्नुपर्ने, तत्काल सबै नेपाली नागरिकलाई स्वास्थ्य बिमाको पहुँच पु¥याउँदै बीमितलाई इच्छाइएको अस्पतालमा उपचारको व्यवस्था गर्नुपर्ने लगायतका माग समेटिएको जानकारी दिनुभयो ।

कृषि कल्याणकोषको निर्माण, साना किसानका लागि सहज र सहुलियत दरमा कृषि कर्जाको व्यवस्था तथा कृषि मल कारखानाको स्थापना र गत ५ वर्षमा कृषि अनुदान कति र ककसलाई दिइयो भन्नेबारे स्वेतपत्र प्रकाशन र छानबिन गर्नुपर्ने माग गरी ज्ञापन पत्र बुझाएको अध्यक्ष कुँवरले बताउनुभयो ।

सिद्धान्तमा मात्रै नभई व्यवहारमै पिछडिएका र पछि पारिएका सबै वर्ग, जाति, लिंग, समुदायको समान अधिकारको सुनिश्चितता गर्नुपर्ने, विदेशमा रहेका नेपाली नागरिकहरूका लागि सर्वोच्च अदालतको निर्देशनात्मक आदेश बमोजिम आगामी निर्वाचनमा मतदान अधिकारको ग्यारेन्टी गर्नुपर्ने माग गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले आफूले सम्बन्धित निकायम ज्ञापन पत्र तत्काल पठाउने बताउनुभयो ।

सम्बन्धित खवर