
पाल्पा । रामपुरमा आधारभूत उद्घोषण तथा भाषण कला तालिम सुरु भएको छ । नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको आयोजना एक हप्ते तालिम सुरु भएको हो ।
तालिको उट्घाटन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेस महासमिति सदस्य तथा रापुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले वाक कलाको विकासले आफूमा भएको प्रतिभाको प्रस्फुटन संगै नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले तालिमलाई प्रभावकारी बनाउन सहभागीहरु सक्रिय हुनुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्रप्रसाद भट्टराईले संगठनलाई थप चलायमान बनाउनका लागि तालिमको सञ्चालन गरिएको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिका सचिव ओम प्रकाश बस्याल, तालिमका प्रशिक्षक राम प्रसाद ढकाल (रमेश), नेपाल विद्यार्थी संघ पाल्पाका सभापति दिपक अर्याल र पत्रकार सीता डोटेलले तालिम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेस रामपुर नगर समितिका उपसभापति देव बहादुर थापा मश्राङ्गीको स्वागत बाट सुरु भएको उट्घाटन सत्र सचिव चिरन्जीवी सिग्देलको सञ्चालन तथा नेपाली कांग्रेस रामपुर नगर कार्य समितिका सभापति नेत्र प्रसाद भट्टराईको अध्यक्षता चलेको हो ।
फागुन ७ गते सम्म चल्ने तालिममा नगरका १० वटै वडा बाट ३० जना भन्दा बढीको सहभागिता रहेको छ । तालिमको सहजीकरण रामप्रसाद ढकाल (रमेश), पत्रकार दानु हिस्की, दुर्गेश मल्ल, सीता डोटेल र इमान सिं रानालगायतले गर्नुभएको छ ।







