पाल्पा । प्रेस चौतारी नेपाल पाल्पाका सदस्य नवराज ज्ञवाली केन्द्रिय सञ्चार संस्था अनुगमन विभागको सदस्यमा मनोनित हुनुभएको छ । प्रेस चौतारी नेपाल केन्द्रिय कमिटीले ज्ञवालीलाई केन्द्रीय सञ्चार संस्था अनुगमन विभागमा मनोनित गरेको हो ।
प्रगतिशिल पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको विधान २०५५ (सातौं संशोधन,२०७८) अनुसार ज्ञवालीलाई केन्द्रीय सञ्चार संस्था अनुगमन विभागको सदस्यमा मनोनित गरिएको केन्द्रीय कमिटीका महासचिव हिरामान लामाले जानकारी दिनुभयो । ज्ञवालीलाई शनिबार रामपुरमा सम्पन्न प्रेस चौतारी नेपाल पाल्पाको दोस्रो वार्षिक साधारण सभाको अवसरमा मनोनित गरिएको प्रमाणपत्र समेत महासचिव लामाले प्रदान गर्नुभएको थियो ।
विधान बमोजिम नेपाली पत्रकारिता क्षेत्रको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रको प्रवर्द्धन र संगठनको मूल्य मान्यतालाई आत्मसात गर्दै काम गर्ने विश्वासका साथ ज्ञवालीलाई विभागको सदस्यमा मनोनितको पहल गरिएको प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्कीले बताउनुभयो । उहाँले सञ्चार संस्था अनुगमन विभागमा नियुक्त हुनु भएकोमा ज्ञवालीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
रिब्दीकाेट ४ भैरवस्थान निवासी ज्ञवाली पाल्पाली पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील रहनु भएकाे छ । हाल उत्तरदायित्व त्रैमासिक पत्रिका तथा अनलाइनमा आबद्ध रहनुभएको छ । जिम्मेवारी अनुसार सञ्चार संस्था र पत्रकारहरुको वास्तविक अवस्था चित्रण गर्ने विश्वास चौतारीले लिएको छ ।
ज्ञवालीले आफूलाई विश्वास गरेर केन्द्रीय सञ्चार संस्था अनुगमन विभागको सदस्यमा मनोनयन गरेकोमा धन्यवाद व्यक्त गर्दै संगठनले दिएको जिम्मेवारी कुशलता पूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।