नेत्र ज्योति संघ पाल्पाको २३ औं साधारण सभा

पाल्पा । नेपाल नेत्र ज्योति संघ पाल्पाको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रममा संघका लुम्बिनी प्रदेश सभापति सागरप्रताप राणाले नेत्र ज्याति संघले आखा उपचारका सवालमा स्वयंसेवक भावनाले काम गर्दै अगाडि बढे्नु बताउनुभयो । उहाँले संघ विभिन्न व्यक्ति तथा संस्थासंगको समन्वय र सहकार्यमा चन्दादाता, जग्गादाताहरु को सहयोगमा देश भरका आखा अस्पताल सञ्चालन गरेको बताउनुभयो ।

कार्यक्रममा संघका सचिव राजेन्द्र लिगलले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आमागी फागुन महिनादेखि आधुनिक प्रविधिबाट आखाको शल्यक्रिया गर्नेगरी तयारी भैरहेको जानकारी दिनुभयो । उहाँले संघले पाल्पा लायन्स लाकौल आखा अस्पताल, तानसेन कालीगण्डकी आखा उपचार केन्द्र, रामपुर, तिनाउ आखा उपचार केन्द्र, दोभान र छहरा आखा उपचार केन्द्र गरी ४ स्थानबाट सेवा प्रदान गर्दै आएको र गुल्मी, अर्घाखाँची र रामपुरमा महिनाको एक पटक शल्यक्रिया सेवा उपलब्ध गराएको बताउनुभयो ।

कार्यक्रममा कोषाध्यक्ष बेदराम श्रीसले नेत्र ज्योति संघतर्फ करिब ८ लाख बराबरको र आखा अस्पतालतर्फ ४ करोड ४३ लाख ८३ हजार ९३८ रुपैया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा आजीवन सदस्य केदारलाल श्रेष्ठ , छिमेकी जिल्ला नेत्र ज्योति संघका कोषाध्यक्ष राजेस ढकाल, कालीगण्डकी आखा उपचार केन्द्रका प्रतिनिधि भोजेन्द्रप्रकाश ढकाललगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । साधारण सभाका अवसरमा संघका पूर्व सहसचिव स्वर्गीय लोकप्रसाद ढकालको स्मृतिमा धर्मपत्नी शारदा ढकालले अस्पतालमा कक्ष निर्माणका लागि ३ लाख ५ रुपैयाँ आर्थिक सहयोग गर्नु भएको थियो ।

कार्यक्रम संघका उपसभापति भिमसेन कार्कीको स्वागत , सचिव लिगलको सञ्चालन तथा सभापति बुद्धि प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको हो । साधारण सभाको बन्द सत्रले सचिव र कोषाध्यक्षले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन सुझाब सहित पारित गरको छ ।

सम्बन्धित खवर