पाल्पाका पत्रकार अर्याल पुरस्कृत

पाल्पा । लामो समय पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार माधवप्रसाद अर्याल पुरस्कृत हुनुभएको छ । उहाँ लुम्बिनी प्रदेश सरकारको सिर्जनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको हो ।

लुम्बिनी प्रदेश स्थापना दिवसको उपलक्ष्यमा आइतबार प्रदेश प्रशासनिक परिसरमा आयोजित मूल समारोहमा अर्याललाई प्रदेश प्रमुख अमिक शेरचनले पुरस्कृत गर्नुभएको हो । समारोहमा सभामुख तुलाराम घर्तीमगर, मुख्य मन्त्री डिल्लीबहादुर चौधरीलगायतको उपस्थिति रहेको थियो ।

पाल्पामा रहेर पत्रकारिता गर्दै आउनुभएका अर्याल हाल कान्तिपुर टेलिभिजन र अन्य विभिन्न सञ्चार संस्थामा आबद्ध रहनुभएको छ ।

लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयको संचारकर्मी सम्मान तथा पुरस्कार वितरण सम्बन्धी कार्यविधि, २०८०“ बमोजिम वितरण गरिने यस वर्षको अग्रज पत्रकारिता पुरस्कार र सिर्जनशील पत्रकारिता पुरस्कार वितरणका लागि मन्त्रालयले माघ १८ गते मन्त्रीस्तरीय निर्णयानुसार पाल्पाका अर्याल सहित १२ जना लुम्बिनी प्रदेशका पत्रकारलाई श्रृसजनशील पत्रकारिता पुरस्काबाट पुरस्कृत गर्ने निर्णय सार्वजनिक गरेको थियो ।

सम्बन्धित खवर