पाल्पा जेसिजको संसदीय सभा प्रणाली सम्बन्धी तालिम सम्पन्न

पाल्पा, । पाल्पा जेसिजले संसदीय सभा प्रणाली सम्बन्धी दुुई दिने राष्ट्रियस्तरको तालिम तानसेन सम्पन्न गरेको छ ।

जेसिज वर्ष २०२४ का पाल्पा अध्यक्ष अर्जुन कार्कीको नेतृत्वमा तालिम सञ्चालन भएको हो । जेसिजमा आबद्ध सदस्यहरुलाई बैठक सञ्चालन, प्रस्ताव राख्ने तरिका, मर्यादा, अनुसाशन, एजेण्डा प्रस्ताव, छलफल प्रक्रिया, आफ्ना भनाइ राख्ने शैली, प्रस्ताव पास गर्ने तयरी लगायतका बारेमा जानकारी दिने उद्देश्यले शुक्रबार र शनिबार चलेको हो ।

तालिममा तानसेन नगरपालिकाका नगर प्रमुुख सन्तोषलाल श्रेष्ठले युवाहरुको नेतृत्व, व्यक्तित्व विकास र अनुुशासीत बनाउन तालिमले महत्वपूूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले आफू पनि वर्ष १९९० को जेसिज पाल्पाको अध्यक्ष भएको र त्यहाँबाट व्यक्तित्व विकाससँगै जीवन जिउने कला राम्रोसँग सिक्ने अवसर प्राप्त गरेको सुनाउर्दै युवाहरुलाई धैर्य र एकाग्रह भएर तालिममा सहभागी हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा मुख्य प्रशिक्षक कैलाश खाकी श्रेष्ठले पाल्पा शाखाले मिसन र भिजनलाई आत्मसाथ गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले सिक्दै रमाइलो गर्दै दुई दिने तालिमका विषयवस्तु बारे सहभागीलाई जानकारी गराएको बताउनुभयो । जेसिजका राष्ट्रिय कार्यकारी उपाध्यक्ष सन्दीप अग्रहरीले जेसिज वर्ष २०२४ लाई ऐतिहासिक र सफल वर्षको रुपमा चिनाउन वर्ष भरी प्रशिक्षणका कार्यक्रमहरु गर्ने जानकारी गराउनुभयो । जेसिजका राष्ट्रिय उपाध्यक्ष गणेश सापकोटाले राष्ट्रियस्तरको तालिम पाल्पामा सञ्चालन हुनु गौरवको कुरा रहेको बताउनुभयो ।

कार्यक्रममा जेसिज पाल्पाका संस्थापक अध्यक्ष छत्रराज शाक्य, जेसिजका पूर्व अध्यक्ष÷पूर्व राष्ट्रिय उपाध्यक्ष तथा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले युवाहरुको व्यक्तित्व, नेतृत्व विकाससँगसँगै सामाजिक कार्यमा समेत सक्रिय बन्न जेसिजलाई आग्रह गर्नुभयो । उहाँहरुले युवाहरुलाई स्वदेशमै स्वरोजगार सिर्जना गरी आर्थिक रुपमा बलियो बनाउने वातावरणका लागि क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।

जेसिज पाल्पाका अध्यक्ष जेसी अर्जुन कार्कीले जेसिज वर्ष २०२४ को जेसिज अभियानलाई सफल बनाउन उपलब्धिमूलक कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो । उहाँले युवाहरुको अन्तर निहित प्रतिभालाई प्रशिक्षणको माध्यद्वारा बाहिर ल्याउन र कुुसल नेतृत्व तयार गर्न तालिम सञ्चालन गरिएको जानकारी समेत गराउनुभयो ।

कार्यक्रम तालिक संयोजक कला दाहालले तालिमसँगै पाल्पा आउनुभएका पाहुनालाई कला संस्कृतिको पहिचान दिलाउन जेसिज साँझ कार्यक्रम समेत सञ्चालन गरिएको बताउनुभयो । प्रशिक्षणमा जेसिजका विभिन्न २७ शाखाका अध्यक्ष तथा पदाधिकारी गरी ८९ जनाको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर