रामपुरको मेयर कपमा खेलकुद तथा बौद्धिक कार्यक्रम सुरु

पाल्पा । रामपुरको छैठौँ मेयर कपमा खेलकुद तथा बौद्धिक कार्यक्रम रामपुरमा सुरु भएको छ । रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समितिको आयोजनामा कार्यक्रम सुरु भएको हो ।

मेयर कप २०८० को उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले खेलले राष्ट्र र राष्ट्रियताको पहिचान दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनभयो । उहाँले पहिचानका लागि उत्कृष्ट खेलाडी उत्पादन गर्न नगरपालिकाले विभिन्न कार्यक्रम गरेको बताउनुभयो । नगर प्रमुख थापाले खेल खेलाउने मात्र नभई नगरपालिकाले अब विभिन्न खेलकुदको प्रशिक्षण सहित उत्कृष्ट खेलाडी उत्पादनमा जोड दिने बताउनुभयो ।

रामपुर नगरपालिका वडा नं. ७ किसानबारी खेल मैदानमा भएको कार्यक्रममा रामपुर नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी थापाले खेलाडी उत्पादन र खेलकुदको विकासका लागि रामपुर नगरपालिका प्रतिबद्ध भएर लागेको बताउनुभयो । उहाँले खेल अनुशासनपूर्वक खेलिने मैत्रिपूर्ण लडाँई भएको भन्दै खेलमा हार जित भन्दा पनि धेरै कुरा सिक्ने अवसर मिल्ने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले खेलकुद स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । शारिरिक, मानसिक र बौद्धिक हिसाबले खेलकुद मानव जीवनमा महत्वपूर्ण रहने उहाँको भनाइ थियो ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं.७ का वडाध्यक्ष दोेवराज तिवारीले खेलकुदको माध्यमबाट युवाहरुको सर्वाङ्गिण विकास र समाज रुपान्तरण गर्न सकिने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई, नेकपा एमाले रामपुरका प्रतिनिधि इश्वरी खनाल , नेकपा माओवादी केन्द्र रामपुरका अध्यक्ष यम बहादुर सुनार, नेकपा एकीकृत समाजवादी रामपुरका अध्यक्ष फणेश्वर गौतम, राष्ट्रिय जनमोर्चा रामपुरका राम प्रसाद गैरेलगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनको अध्यक्षतामा भएको कार्यक्रम सहसचिव जमुना रानाको स्वागत र महासचिव राजु गुरुङको सञ्चालनमा सम्पन्न भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय