पाल्पा । नेपाल परिवार नियोजन संघ पाल्पा शाखाले मोहनकन्या माध्यमिक विद्यालय तानसेन ४ पाल्पालाई ५० वटा महिनावारी कप वितरण गरेको छ ।
फाउण्डेशन ह्युमन नेचरको सहयोगमा संघले महिनावारी स्वच्छता शिक्षा कार्यक्रम सहित करिब २ लाख रकम बराबरकाको महिनावारी कप विद्यालयमा अध्ययनरत विद्यार्थीको प्रयोगका लागि वितरण गरिएको हो ।
कप वितरण कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष हिमालयन लाल कसजुले हिजका दिनमा जनसंख्या वृद्धि रोकथामका लागि स्थापना भएको संघ अहिले जनसंख्या व्यवस्थापनको काम गर्दै आएको बताउनुभयो । उहाँले महिलाको प्रजनन् अधिकार सुनिश्चित गर्न आफूहरुले सचेतना, पैरवी र सेवा प्रवाह गर्दै आएको जानकारी गराउनुभयो ।
महिनावारी कप प्रयोग गर्दा अहिले प्रयोगमा रहेको सेनेटरी प्याड भन्दा आर्थिक र वातावरणीय हिसवाले पनि राम्रो छ । प्रयोगमा सजिलो र एउटै कप वर्षौसम्म प्रयोग गर्न सकिने समेत बताउनुभयो ।
कार्यक्रममा संघका शाखा प्रवन्धक सोवाकान्त न्यौपानेले महिनावारी स्वच्छता शिक्षा बारे जानकारी गराउनुभयो । यसका साथै उहाँले महिनावारी कपको प्रयोग, सरसफाई विधीका विषयमा समेत सहजीकरण गर्नुभएको थियो । उहाँले पाल्पामा दोस्रो पटक कप वितरण गरिएको बताउँदै यसको प्रयोगको प्रभावकारीताका हिसावले थप कार्यक्रम तय गरिने जानकारी गराउनुभयो ।
कार्यक्रम मोहन कन्या माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष विधान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघका शाखा अध्यक्ष शुसील श्रेष्ठको स्वागत तथा कोषाध्यक्ष माधवप्रसाद अर्यालको अध्यक्षतामा भएको हो ।