पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तानसेन नगरकमिटी पाल्पाले माघ १५ गते अर्थात भोली सोमबार रक्तदान कार्यक्रम गर्ने भएको छ ।
कमिटीलाई चलायमान गराउन सम्पादन गर्दै आएका विभिन्न गतिविधिलाई निरन्तरता दिनेक्रममा यस पटक रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको कमिटीका अध्यक्ष गुराँस आत्रेयले जानकारी दिनुभयो । उहाँले रक्तदान जीवन दान भन्ने नारालाई थप सार्थक बनाउन कार्यक्रम सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
पछिल्लो समय जिल्लामा रगत आवश्यक भएपनि जनचेतनाको अभावमा अभाव हुँदै गएको छ । आफूलाई आवश्यक पर्दा अरुबाटै खोज्ने तर आफूले रक्तदान गर्ने विषयमा चासो नदिने प्रवृती बढेकोले जनचेतना फैलाउने हिसावले कार्यक्रम गरिने अध्यक्ष आत्रेयको भनाइ छ ।
युनाइटेड मिसन अस्पतालको प्राविधिक सहयोगमा हुने कार्यक्रम दिनको १ बजेदेखि जिल्ला हुलाक कार्याल पाल्पा अगाडि सुरु गरिने छ । जसका लागि इच्छुक रक्तदाताहरुलाई उपस्थितिका लागि कमिटीले अनुरोध गरेको छ ।