महिलाहरुको क्षमता अभिवृद्धिको तालिम सम्पन्न

पाल्पा । पूर्वखोला २ जल्पामा सञ्चालित महिलाहरुको क्षमता अभिवृद्धिको तालिम सम्पन्न भएकोछ ।

पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोग तथा जल्पा महिला कल्याण परिवारको आयोजनामा ७ देखि ११ गतेसम्म चलेको तालिममा मंञ्चिय उद्घोषण, भाषण कला, नेतृत्व र व्यक्तित्व विकास, सकारात्मक सोच, महिला उद्यमी, घरेलु तथा महिला हिंसा रोकथामका उपाय, आर्थिक व्यवस्थापन, लगानी र बचतलगायतका विषयमा श्रीनगर एफएमका स्टेशन म्यानेजर देब पचभैया, सुपादेउराली खवर अनलाईनका सम्पादक दिपक भट्टराई, पत्रकार अनिल लिगललगायतले सहजीकरण गर्नुभएको जल्पा महिला कल्याण परिवारका अध्यक्ष लिला सारुले बताउनुभयो ।

तालिमको समापन समारोहमा सहभागीलार्य प्रमाणपत्र वितरण गर्दै प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले व्यवहारिक ज्ञानले व्यक्तित्व र नेतृत्व विकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँले महिला उद्यमको विकास र विस्तारका लागि स्थानीय, प्रदेश सरकारसंगै संघीय सरकार पनि साथमै रहेको बताउनुभयो । महिला एकतामा जोड दिंर्दै प्रतिनिधिसभा सदस्य आचार्यले आफूलाई पर्ने कुनै पनि समस्याका बारेमा परिवार, छिमेक र समाजमा रहेका दिदीबहिनीहरुसंग छलफल र परामर्शपछि समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभा सदस्य खेमबहादुर सारुले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले सीप सिकेर मात्र नहुँने बताउदै आत्मनिर्भर बन्न आफ्नो ज्ञान र सीपको उच्चतम प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले आर्थिक व्यवस्थापनका पाटोमा पुरुष भन्दा महिलाहरुको ठुलो भूमिका रहने बताउनुभयो । जसका लागि आवश्यक नेतृत्व तथा व्यक्तित्व विकास तालिममा सिकाइएका विषयवस्तुले थप स्पष्ट पारेको विश्वास व्यक्त गर्नुभयो ।

महिलाहरुको उत्थान र व्यवसायमा प्रेरित गर्ने कार्यक्रमलाई गाउँपालिकाले विशेष पूर्वखोला गाउँपालिकाका उपाध्यक्ष भागीरथी भट्टराईले निर्धक्क भएर विना संकोच आफ्ना मनका कुराहरु राख्न सक्ने हुनुपर्नेमा जोड दिनुभयो । घर, गाउँ र समाजको विकासका लागि महिला शिक्षा, चेतना र एकताको ठूलो महत्व रहेने समेत उहाँले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठ र स्थानीय शुभसन्देश कृषि सहकारीका संस्थाका अध्यक्ष चन्द्रीसरा रखाल, सहभागी ललिता विकले महिलाहरुले भोग्नुपरेको घरेलु तथा सबै प्रकारका हिंसाको अन्त्यका लागि महिलाहरु आर्थिक रुपमा सक्षम हुनुपर्नेमा जोड दिनुभयो । जसका लागि यस्ता प्रकारका क्षमता विकासका तालिमहरु समय समयमा आवश्यक रहेको बताउनुभयो ।

तालिममा वडाका १३ महिला समूहलाई आफ्ना महत्वपूर्ण कागजात सुरक्षित राख्ने वाकस, आवश्यक स्टेशनरीका सामाग्रीहरु समेत प्रदान गरिएको जल्पा महिला कल्याण परिवारका सचिव तथा तालिम संयोजक टोलसरी थापाले जानकारी दिनुभयो

सम्बन्धित खवर