बगनासकालीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता  सुरु

पाल्पा । बगनासकाली गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधाबारदेखि सुरु भएको छ । १ नं. वडाको चिलाङदी खेलमैदान सञ्चालन भएको प्रतियोगिता शुक्रबारसम्म चल्ने छ ।

प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले पाल्पा जिल्लाका १० स्थानीय तह मध्ये बगनासकाली गाउपालिका हरेक दृष्टि कोणले अब्बल रहेको बताउनुभयो । उहाँले खेलको क्षेत्रमा पनि अब्बल बन्नका लागि शुभकामना दिनुभयो । खेलकुदले मानिसको स्वास्थ्यमा राम्रो प्रभाव पार्ने भएकोले उर्जावान युवा तयार गर्न स्थानीय सरकारले खेलकुदमा लगानी गर्नुपर्नेमा प्रमुख खनालले जोड दिनुभयो ।

गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विधार्थीको शारीरिक , मानसिक विकासमा मद्दत गर्ने बताउनुभयो । उहाँले गाउँपालिकामा खेलकुदको विकासका लागि विभिन्न गतिविधि गरिरहेको समेत बताउनुभयो । आवश्यकता र माग अनुसार पनि खेल क्षेत्रमा सहयोग गर्न सकिने भएकोले खेलाडीहरुलाई आफ्नो भविष्य खेल क्षेत्रबाटै अगाडी बढाउन अनुशाीत भएर खेल्न आग्रह समेत अध्यक्ष चिदीले आग्रह गर्नुभयो ।

प्रतियोगितामा बगनासकाली गाउपालिका भित्र का १० माध्यमिक विधालयहरूको सहभागीता रहेको युवा तथा खेलकुद विकास समिति अध्यक्ष ओम प्रकाश गैरेले जानकारी दिनुभयो ।

सम्बन्धित खवर