पूर्वखोलाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

पाल्पा । पूर्वखोला गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य नारायाणप्रसाद आचार्यले गर्नुभएको हो । उद्घाटन सत्रका बोल्दै सांसद आचार्यले प्रतियोगितामा सहभागी खेलाडीलाई जीवन सफल बनाउन अनुसाशीत भएर खेल्न आग्रह गर्नुभयो । खेलकुदले शरीरलाई स्वस्थ राख्नुका साथै शैक्षिक तथा अन्य गतिविधिमा समेत क्रियाशील बनाउने बताउनुभयो ।

प्रदेश सभा सदस्य खेमबहादुर सारुले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेदकुद भन्ने नारालाई सफल बनाउ सबै लागि गर्नुपर्ने बताउनुभयो । उहाँले खेल क्षेत्रबाट भविष्य बनाउने गरी आफ्नो क्षमता अनुसाशीत र मर्यादित रुपमा प्रदर्शन गर्नुपर्ने बताउनुभयो ।

प्रतियोगितामा गाउँपालिका भित्रका ७ माध्यमिक विद्यालयका ३ सय ५० खेलाडीको सहभागिता रहेको छ । जसमा तीन विधामा २९ पदकका लागि प्रतिस्पर्धा हुने गाउँपालिकाले जनाएको छ ।

कार्यक्रम शिक्षा शाखा प्रमुख लोकहरी देवकोटाको सञ्चालन, सम्भु माध्यमिक विद्यालयका प्रध्द्यानाध्यापक चित्रबहादुर कँुवरको स्वागत तथा गाउँपालिका अध्यक्ष ननुबहादुर थापाको अध्यक्षता चलेको हो । प्रतियोगिता १२ गते शुक्रबारसम्म चल्ने छ ।

सम्बन्धित खवर