पाल्पा । लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पताल प्रभाषमा स्वास्थ्य बिमा कार्यक्रमबाट उपचार सेवा सुरु भएको छ । जसले पाल्पाली नागरिकलाई स्वास्थ्य उपचारमा सहज हुने विश्वस लिइएको छ ।
स्वास्थ्य बिमा बोर्ड र लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पताल बिच सम्झाँैता तथा आवश्इक प्रशासनिक कार्य सम्पन्न भएपछि सोमबारबाट सेवा सुरु भएको हो । सेवा सुरु गर्ने सम्झौतामा बोर्डका पाल्पा संयोजक अजुर्न पौडेल र कलेजका तर्फबाट कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलले हस्ताक्षर गर्नुभएको छ ।
जिल्लाका संघीय सांसद ठाकुरप्रसाद गैरे, नारायणप्रसाद आचार्य, राजनीतिक दल र अस्पतालको निरन्तर पहल पछि सेवा प्रदायक स्वास्थ्य संस्थाको सूचीबाट हटेको अस्पताललाई गत पौष २९ गते बसेको बोर्डको बैठकले पुन अस्पताललाई सेवा प्रदायक स्वास्थ्य संस्थाका रुपमा सूचीकृत गरेपछि सेवा सञ्चालनको बाटो खुलेको हो ।
समयमा भुक्तानी नपाउँदा समस्यामा रहेको अस्पतालले आर्थिक वर्ष ०७९/०८० को बजेटमा स्वास्थ्य बिमा कार्यक्रम १ साउन २०७९ देखि सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाबाट मात्रै उपलव्ध गराउने संकेत पाएपछि विज्ञप्ती जारी गर्दै ४ साउन २०७९ देखि बिमा तर्फको सेवा स्थगित गर्ने जनाएको थियो । सोही मौका छोपेर बजेट बक्तव्यलाई कार्यान्वयनको बहानामा बोर्डले अस्पताललाई सेवा प्रदायको सूचीबाट हटाएको थियो । जसबाट पाल्पाली बिमीतहरुले स्वास्थ्य उपचारका लागि सास्ती खेप्नु परेको थियो ।