रिब्दीकोटमा पाँच औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

पाल्पा । रिब्दीकोट गाउँपालिकामा पाँच औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म चल्ने प्रतियोगिता ५ नं. वडाको नयाँटोलामा रहेको लक्ष्मी आधारभुत विद्यालयको प्रागणमा सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर (बसन्त)ले विद्यालय तहदेखि नै खेल जगतलाई प्राथमिकतामा राखिएको हुँदा सक्षम विद्यार्थी र खेलको माध्ययमबाट देश विदेशमा पहिचान बनाउन यस्ता प्रतियोगितले टेवा पुग्ने बताउनुभयो । उहाँले स्कुले समयदेखि नै विद्यार्थीको चौतर्फी विकासका लागि राज्यले प्राथमिकतामा राखेर राष्ट्र प्रमुखको पदबाट राखिएको यस्तो प्रतियोगितामार्फत बालबालिकालाई अवसर प्रदान गर्ने तथा उनीहरुलाई किताबी ज्ञानसंगै शारीरिक र मानसिक ज्ञानको विकासका लागि राज्यले लगानी गरेको बताउनुभयो ।

अहिले वडा, पालिका, प्रदेश र संघीय सरकारबाट खेलकुदका लागि विभिन्न चरणमा बजेट विनियोजन भइ पूर्वाधारको विकास समेत भएको अवस्थामा खेलको माध्यममबाट पनि देशको नाम राख्ने कार्यमा लाग्न सभामुख घर्तीमगरले विद्यार्थीलाई अनुरोध गर्नुभयो ।

गाउँपालिका भित्रका जम्मा १२ विद्यालय सहभागी रहेको प्रतियोगितामा १२ विधाका लागि दुई सय ६३ छात्र तथा दुई सय २७ छात्र गरी कुल चार सय ९० विद्यार्थी सहभागी छन् । स्वर्ण, कास्य र रजत गरी २९ पदकका लागि प्रतियोगिता सुरु भएको छ । प्रतियाृगितामा महिला, पुरुष भलिबल, हाइजम्प, लङ्जमप, सय, दुइ सय चार सय र ८ सय मिटरको दौड, रिले,ज्याव्लिङ्गलगायतका खेलहरु खेलाइने छ ।

कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले खेलको माध्यमबाट गाउँपालिका हामीले जिल्ला र प्रदेश हुँदै केन्द्रको प्रतियोगितमा पनि सहभागिता जनाउन विद्यार्थीहरु सक्षम हुनुपर्ने बताउँदै सबै विद्यार्थीलाई शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय प्रमुख मदन अर्याल, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य डाक्टर माधव थापा, नेकपा एमाले रिब्दीकोट गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद खनाल, वडा न ५ का वडा अध्यक्ष मनबहादुर अस्लामी, खेलकुद विकास समितिका सदस्य गोमा मगर, आर्दश माध्यमिक विद्यालयका प्रध्यानाध्यापक निर्मलप्रसाद खनाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

गाउँपालिकाको शिक्षा शाखा प्रमुख मणी खनालको स्वागत, लक्ष्मी आधारभुत विद्यालयका शिक्षक गोकर्ण खाम्चाको सञ्चालन र गाउँपालिकास्तरीय खेलकुद विकास समितिका संयोजक झपेन्द्र पचभैंयाको अध्यक्षतामा क्रम चलेको हो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय