तिनाउका योजनामा विना नम्बर प्लेटका स्काभेटर प्रयोग

पाल्पा । तिनाउ गाउँपालिका भित्र विना नम्बर प्लेटका स्काभेटर सञ्चालनमा रहेको पाइएको छ । गाउँपालिकाका विभिन्न वडामा सञ्चालित विकास योजनाको काममा प्रयोग भएका स्काभेटरमा नम्बर प्लेट नभएको भेटिएको हो ।

प्रदेश सरकारका विभन्न योजना तथा स्थानीय तहको स्वीकृतीमा भैरहेको गह्रा सुधार योजनामा प्रयोग भएका अधिंकाश स्काभेटर मेसिनमा सवैले देखिनेगरी राख्नुपर्ने नम्बर प्लेट नै नराखेर सञ्चालनमा ल्याएको देखिएको छ ।

योजना र गह्रा सुधारको काम भैरहेको स्थानमा गएर बुझ्दा मेसिनको कागजपत्र मालिकसंग हुने र नम्बर प्लेटको विषयमा आफूलाई थाहा नभएको एक चालक अरुण चौधरीले बताउनुभयो ।


जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले विना नम्बर प्लेटको कुनै पनि सवारी साधान सञ्चालन गर्न नपाइने बताउनुभयो । उहाँले नम्बर प्लेट नराखेर काम गर्दा दुर्घटना परे थप समस्या हुने बताउँदै यस विषयमा तत्काल स्थलगत अनुगमन गरेर नियमन गरिने बताउनुभयो ।


नम्बर प्लेट विना सञ्चालनमा रहेको स्थानमा स्काभेटरका विषयमा बुझ्न प्रहरी चौकी दोभानबाट प्रहरीको टोली खटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख राजकुमार चापागाईंले बताउनुभयो । उहाँले नियम विपरित रहेका स्काभेटरलाई ट्राफिक नियम अनुसार कारबाही गरिने जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय