
पाल्पा । २०७९ सालको मंसिर ४ गते भएको निर्वाचनबाट निर्वाचित भएर लुम्बिनी प्रदेश सभा सदस्यको रुपमा पदवहाली गरेको गएको पौष १७ गते एक वर्ष पूरा भएको छ ।
पाल्पा निर्वाचन क्षेत्र १ (२) मा नकपा एमालेबाट उम्मेद्वार बनेर निर्वाचित प्रदेशसभा सदस्य खेमबहादुर सारुले गएको एक वर्ष उत्साहपूर्ण रुपमा वितेको बताउनुभएको छ । पाल्पाली पत्रकारहरुसंगको सक्षिप्त भेटघाटमा प्रदेश सभा सदस्य सारुले यो अवधिमा जनताका समस्या संसदमा औपचारिक रुपमा उठान गर्न पाएको र केहि देखिने गरी योजना कार्यान्वयन गर्न पाइएकोले उत्साह थपेको बताउनुभएको छ । उहाँले प्राप्त अनुभवलाई आगामी वर्षमा थप सशक्त रुपमा संसदमा खर्च गर्ने प्रतिबद्धता समेत गर्नुभएको छ ।
प्रदेशसभा सदस्य सारुले १ वर्षको अवधिमा ऐन कानून निर्माण सहित विकास निर्माणका योजना र सभाका कार्यक्रममा आफूले प्रभावकारी रुपमा भूमिका निर्वाह गरेको बताउदै आफ्नो पहलमा भएका विकास निर्माणका २५ उपलब्धिहरु सार्वजनिक समेत गर्नुभएको छ ।
जसमा लुम्बिनी प्रदेश गौरवको आयोजनाः रामपुर जिनाबॉङ सडक (जिवराज आश्रित कृष्णसेन इच्छुक मार्ग) अन्तर्गत पर्ने पाल्पा आर्यभन्ज्याङ्ग – रामपुर सड़कको तत्काल स्तरोन्नती, तानसेन नगरपालिकाको बतासे डॉडा र तिनाउ गॉउपालिकाको नुवाकोटमा निर्माण भएको संस्कृतिक डबलीको संचालन र व्यवस्थापनको जिम्मेवारीमा हस्तानांतरण र व्यवस्थापनमा पहल, पाल्पा जिल्लाको स्वास्थ्य विमा कार्यक्रम ३ वटै अस्पतालमा नियमित लागु र सुचारु गर्न पहलस सिद्धबाबाको जोखिमयुक्तबाटोक विकल्पको रुपमा सिद्धार्थ राजमार्ग अन्तर्गत बॉसटारी– झडेवा – रहवास हुदै नवलपरासीको (सुस्ता पूर्व ) दुम्कीबासमा पूर्व पश्चिम राजमार्गमा जोडिने गरि नयॉ रुटको सड़क निर्माण योजना अगाडी बढाउने कार्यमा लागि परेको प्रदेश सभा सदस्य सारुको भनाइ छ ।
यस्तैगरी संघीय शिक्षा ऐन तत्काल जारी गरी शिक्षा संग सम्वन्धीत समस्याहरुको संवोद्धन गर्न, उच्च शिक्षा अध्ययनमा संस्थागत विद्यालयबाट अध्ययन गर्ने विद्यार्थीहरुलाई आरक्षित छात्रवृत्तिमा भएको विभेदपूर्ण नीति हताउन तथा वैदेशिक अध्ययनमा जाने क्रमको विकल्प खोज्न, सीपयुक्त दक्ष जनशक्ति उत्पादनको लागि प्रत्येक स्थानीय तहमा व्यवसायिक, प्राविधिक र सुविधायुक्त छात्रावास सहितको विग स्कुलहरु स्थापना गर्न, पाल्पाको पर्यटन विकास प्रवद्धर्न गर्न खेल पर्यटन आदिवासी जनजातिहरुको समेत पर्यटन विकास गर्न नीति तथा कार्यक्रम ल्याउन पहल गरेको उहाँको भनाइ छ ।
प्रदेश सभा सदस्य सारुले कृषि, स्वास्थ्य, खेलकुदा , सडक पूर्वाधारा विकासकालगायतका विषयमा पहल गरेको समेत बताउनुभयो । उहाँले यो अवसरमा निर्वाचन गराउन र कामका दौरानामा सुझाव र सहयोग गर्ने सबैप्रति धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।