तिनाउमा शल्यक्रिया शिविर हुँदै

पाल्पा । तिनाउ गाउँपालिकामा निशुल्क मोतिविन्दुको शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ । पाल्पा लायन्स लाकाैंल आँखा अस्पतालको प्राविधिक सहयोगमा तिनाउमा निशुल्क मोतिविन्दुको शल्यक्रिया शिविर सञ्चालन हुन लागेको हो ।

शिविर तिनाउ गाउँपालिका वडा नं. २ दोभान स्वास्थ्य चौकीमा पौष २१ गते शनिबार शिविर सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाको आयोजनामा यहाँका नागरिकहरुलाई आँखाको समस्याले अन्यत्र उपचारका लागि जाँदा आउने समय र खर्चका विषयमा सहयोग गर्न शिविर आयोजना गर्न लागिएको उहाँको भनाइ छ ।
आँखा जस्तो संवेदनशील विषयमा ज्ञान, समय र आयस्रोत नहुँदा समयमा अस्पताल पुगेर आँकाको अवस्था बारे थाहा पाउन नसक्ने र मोतिविन्दु भएकाहरुले पनि शल्यक्रिया गर्न नसक्ने अवस्थाको अन्त्यका लागि निशुल्क शिविर सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । उक्त शिविरमा शल्यक्रिया गर्नुपर्ने मोतिविन्दु भएका सबै नागरिकहरुलाई शिविरबाट फाइदा लिन आग्रह समेत गर्नुभयो ।

शिविरमा सहभागी शल्यक्रिया गर्नु अगावै बिरामीको निशुल्क मधुमेह र रक्तचापको जाँच गरिने, शिविरको एक दिन अगावै दोभान स्वास्थ्य चौकीमा आएर रगत जाँच गराउन सकिने, मादक पदार्थ सेवन गरेको व्यक्तिलाई सेवा उपलब्ध नहुँने, आवश्यक बिरामीलाई सामान्य बासको व्यवस्था गरिने, पालोको लागि टोकनको व्यवस्था गरिने, १२ घण्टापछि बिरामीको अनिवार्य फलोअप गर्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले सूचना मार्फत जानकारी गराउनुभएको छ ।

सम्बन्धित खवर