मेयर कप क्रिकेटको फाइनलमा वडा नं. ९ र १ भिडने

पाल्पा । तानसेन मेयर कप रनिङ शिल्ड अन्तरगत क्रिकेट प्रतियोगिताको फाइनलमा ९ र १ नं. वडा भिडने भएका छन् ।

तानसेन नगर खेलकुद विकास समितिले तानसेनको टुँडिखेलमा गत पोष ७ गतेदेखि आयोजना गरेको प्रतियोगितामा वडा नं. ९ र १ को समूह फाइनलमा पुगेका हुन । चार समूहमा भएको खेलमा समूह प्रथमहरु बीच भएको समेमिफाइनल खेलमा वडा नं. ९ र १ फाइलनमा पुगेका हुन् ।

पहिलो सेमिफाइनल अन्तरगत मंगलबार भएको खेलमा वडा नं. १ ले वडा नं ३ लाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । दोस्रो सेमिफाइनल अन्तरगतको बुधबार भएको खेलमा वडा नं. ९ ले वडा नं. १२ लाई पराजित गर्दै सहज जितका साथ फाइनलमा पुगेको नगर खेलकुद विकास समितिका संयोजक हेमन्तराज शाक्यले जानकारी दिनुभयो ।
सेमिफाइनल अन्तरगतको पहिलो खेलमा वडा नं. १ का रुपेश बस्याल म्यान अफ दी म्याच घोषित भए भने दोश्रो खेलमा वडा नं. ९ का सौगात गौतम म्यान अफ दी म्याच घोषित भए । रनिङ शिल्ड क्रिकेट प्रतियोगिताको फाइनल खेल पौष २० गते शुक्रबार दिनको १ बजे तानसेन टुँडिखेल मैदानमा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ नगद, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्ने समितिले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय