बिरामी सदस्यलाई इन्फिनिटीेको आर्थिक सहयोग

पाल्पा । इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्नो बिरामी सदस्यलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

विगत लामो समयदेखि उच्च रक्तचापको बिरामी रहनुभएकी तानसेन ७ पक्लुवाकी बिरामी सदस्य अञ्जु कुमाललाई आर्थिक सहयोग गरेको हो । सदस्य कुमालले लामो समय देखि संस्थामा आर्थिक कारोबार गर्दै आउनुभएको र उहाँको आर्थिक अवस्था कमजोर भएकाले संस्थाले उपचारार्थ आर्थिक सहयोग उपलब्ध गराएको इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेड केन्द्रिय कार्यालयका अनुगमन अधिकृत कुशल खनालले जानकारी दिनुभयो ।

तानसेनको वर्तुङ शाखाका प्रमुख अजय मिश्रले सदस्य स्वस्थ रहे संस्था संगको कारोबार पनि स्वस्थ रहने बताउँदै सदस्यलाई अप्ठेरो परेको बेला सहयोग गर्नु संस्थाको सामाजिक उत्तरदायित्व भएको समेत बताउनुभयो । सानोपिपल इन्फिनिटी महिला समूहकी कोषाध्यक्ष आशा विश्वकर्माले संस्थाले आफ्ना सदस्यको दुखमा साथ दिनु खुसीको कुरा भएको भन्दै संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय