पाल्पा । नेकपा एमाले पाल्पाकाे प्रचार तथा प्रकाशन विभागको बैठक सम्पन्न भएकाे छ । नेकपा एमाललेका पोलिटब्यूरो सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र नं. २ का संघीय सांसद ठाकुरप्रसाद गैरको प्रमुख आतिथ्यतामा बसेको बैठकले चौतारीकर्मीको व्यवस्थापन सहित पार्टी र पार्टी नेतृत्वमा रहेका स्थानीय सरकारहरुको कामकारबाहीको प्रचार प्रसारलाई थप व्यवस्थित गर्दै अगाडि बढ्ने निर्णय गरेको छ ।
बैठममा नेकपा एमाललेका पोलिटब्यूरो सदस्य गैरेले पछिल्लो समय प्रेस चौतारीले प्रचारको क्षेत्रमा गरेको काम प्रशंसनिय रहेको बताउनुभयो । उहाँले चौतारी पाल्पाका अन्य जनसंगठन भन्दा अब्बल रहेको बताउनुभयो । नेता गैरेले आगामी दिनमा जनसंगठनका सदस्यहरुलाई पनि सैद्धान्तिक वैचारिक विषयमा प्रशिक्षण आवश्यकता रहेको समेत बताउनुभयो । जनसंगठन चलायमान हुँदा पार्टीलाई ठूलो मद्दत पुग्ने भएकोले पार्टी नेतृत्व, चौतारी र जनप्रतिनिधिहरु बिचको छलफल र संवादलाई निरन्तरता दिनुपर्नेमा सांसद गैरेले जोड दिनुभयो ।
एमाले पाल्पाका नेता तथा पाल्पा निर्वाचन क्षेत्र नं. १ का संघीय सांसद नारायणप्रसाद आचार्यले प्रचारप्रसारका कामलाई प्रेस चौतारीले व्यवस्थित रुपमा अगाडि बढाएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले समय अनुसार डिजिटल प्रविधिमार्फत पार्टीका गतिविधिलाई आम नागरिक समक्ष लैजान ठोस योजना तयार गर्नुपर्ने बताउनुभयो । प्रचार क्षेत्रको व्यवस्थापनका विषयमा चौतारीको क्रियाशीलता अनुसारको प्रतिफलका लागि प्रयास गर्दागर्दै पनि नतिजा नआएकोले यस विषयमा गम्भीर छलफल गर्नुपर्ने नेता आचार्यको भनाइ थियो ।
वरिष्ठ पत्रकार तथा नेकपा एमालेका केन्द्रीय परिषद् सदस्य मेघराज शर्माले पार्टीले गरेको सम्मानप्रति हार्दिक अभार गर्नुभयो । उहाँले आआफ्नो क्षेत्रमा भएका कमिकमजोरीलाई हटाएर विभागलाई चुस्तदुरुस्त बनाउनुपर्ने बताउनुभयो । सदस्य शर्माले प्रेस चौतारी बलियो नहुँदा सम्म पार्टी बलियो नहुने बताउँदै चौतारीलाई सबैपक्षबाट मजबुद बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा एमाले पाल्पाका अध्यक्ष तथा प्रचार विभाग प्रमुख धनेन्द्र्रराज घिमिरे पछिल्लो समय पाल्पामा गठन भएका १९ वटा जनसंगठनमध्य चलायमान प्रेस चौतारी रहेको बचाउनुभयो । उहाँले जसले गर्दा पार्टीले सारेका अभियान र जनप्रतिनिधिहरुले सम्पादन गरेका गतिविधिहरुको प्रचारप्रसार राम्रो रुपमा भएको बताउनुभयो । यसलाई थप बलियो र प्रभावकारी बनाउन पार्टी प्रचार विभागले योजना बनाएर अगाडि बढेने अध्यक्ष घिमिरेको भनाइ थियो ।
एमाले पाल्पामा उपाध्यक्ष देवीलाल लामिछानेले पार्टीले गरेका असल कामको प्रचार प्रसारमा ध्यान दिनुपर्ने बताउनु्भयो । उहाँले विभागले टोलदेखि जिल्लासम्म आवश्यक संरचना तयार गरी भैरहेका गतिविधिहरु निरन्तर जनताले थाहा पाउनेगरी प्रवाह गर्ने वातावरण मिलाउनुपर्नेमा जोड दिनुभयो ।
एमाले पाल्पाका सचिव रामजी पोखरेलले प्रदेश प्रचार विभागको निर्णय जानकारी गराउदै भएका निर्णय कार्यान्वयनमा सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले श्रमजीवि पत्रकारहरुको सही व्यवस्थापनका विषयमा जिल्ला नेतृत्व प्रतिबद्ध रहेको बताउँदै सम्भावना अनुसार समन्वयात्मक रुपमा कामको टुंगो लगाउनुपर्ने बताउनुभयो ।
उपसचिव दीपक विकले पार्टीको काम अनुसारको प्रचार र प्रचारलाई व्यवस्थित गर्ने नसकिएको बताउनुभयो । उहाँले सबै पार्टी सम्बद्ध व्यक्तिहरु जिम्मेवार भएर सामाजिक सञ्चाल प्रयोग गरेर प्रचारलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । यो काम गर्नका लागि समय अनुसार प्रशिक्षण आवश्यकता महसुस भएको बताउँदै कार्ययोजना बनाएर काम गर्दा राम्रो हुने उपसचिव विकको भनाइ थियो ।
पूर्व प्रचार विभाग प्रमुख गुराँस आत्रेय गुण र दोषका आधारमा प्रचारको कामलाई अगाडि लैजानुपर्ने बताउनुभयो । उहाँले पार्टी र संगठन भित्र रहेर पनि नराम्रोलाई नराम्रो भन्ने हिम्मत राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । पार्टी र पत्रकार बचाउन सत्य र तथ्यमा आधारिकत समाचार लेख्नुपर्ने पूर्व प्रचार विभाग प्रमुख आत्रेयको भनाइ थियो । पार्टीका राम्रा कामको प्रचार गर्ने र नराम्रो काम भए खवरदारी गर्ने पनि पत्रकार भएकोले कुनै विषयमा नचुकेर काम गर्न उहाँले आग्रह गर्नुभयो
प्रचार तथा प्रकाशन विभाग सदस्य कमल तिमिल्सेनाले पार्टीको महत्वपूर्ण विभाग मध्येको एक प्रचार विभागको बैठक नियमित हुनुपर्ने बताउनुभयो । उहाँले विभागलाई क्रियाशील बनाउँदा संवाद, छलफल हुने भएकोले असल अभ्यासको निरन्तरता र कमिकमजोरी सुधार गर्दै जान सक्ने वातावरण निर्माण हुने बताउनुभयो ।
बैठकमा सहभागी विभागका सदस्यहरुले पार्टी जनप्रतिनिधि र चौतारी बिच आवश्यक समन्वय गरेर काम भएमा प्रभावकारी हुने बताएका थिए । सक्रियता अनुसारको व्यवस्थापनमा समस्या देखिएकोले आर्थिक हिसावमा कमजोर हुँदा श्रमजीविहरु पलायन हुने अवस्था रहेकोले समयमै यस विषयमा गम्भीर भएर अगाडि बढ्नुपर्ने देखिएको प्रचार तथा प्रकाशन विभागका सचिव मिलन विश्वकर्माले बताउनुभयो ।