बार्दलीको भाषणप्रति कांग्रेसकाे क्षमायाचना

पाल्पा । नेपाली कांग्रेस पाल्पाले आफ्नो प्रथम जिल्ला सम्मेलनका प्रमुख अतिथि महामन्त्री गगनकुमार थापाको सम्बोधनमा तानसेन नगरपालिकाको मुख्य बोर्ड कपडाले ढाकेर गरिएको बार्दलीको सम्बोधन प्रति क्षमायाचना गरेको छ ।

बुधबार पार्टी सभापति हिमालदत्त श्रेष्ठद्धारा जारी ध्यानाकर्षण पत्रमा क्षमायाचना सहित सम्मेलनका लागि नगरपालिकाको हल भाडामा लिएर त्यसमा नै मूल ब्यानर टाँगेर कार्यक्रम सुरू भएको तर अनुमान भन्दा सहभागी संख्या बढी भएको र हल बाहिर रहेकाले पनि कुरा सुन्न पाउनुपर्ने गुनासो आएपछि सम्बोधन गर्न बार्दलीमा लगिएको स्पष्ट पारिएको छ ।

के छ त कांग्रेस पाल्पाको ध्यानाकर्षणमा ?

मिति २०८० मंसिर ३० गते नेपाली काँग्रेस पाल्पा जिल्ला सम्मेलनको उद्घाटन सत्रका विषयमा सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएका चासो र टिप्पणी प्रति नेपाली काँग्रेस पाल्पाको गम्भीर ध्यानाकर्षण भएको छ । जिल्ला सम्मेलनका निम्ति तानसेन नगरपालिकाको सभाहल भाडामा लिएको र हलमा उपस्थिति संख्या हाम्रो अनुमानभन्दा धेरै भई कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका महामन्त्री माननीय गगनकुमार थापाको सम्बोधन बाहिरबाट सुन्न पाउनुपर्छ भन्ने दबाब आएपछि आकस्मिकरूपमा महामन्त्रीको सम्बोधन नगरपालिकाको बरण्डाबाट भएको व्यहोरा हामी स्पष्ट गर्न चाहन्छौं । कुनै सरकारी वा सार्वजनिक सम्पत्ति वा कार्यालय कब्जा गर्ने र त्यसको दुरुपयोग गर्ने कुराको हामी कल्पनासमेत गर्न सक्दैनौं । आकस्मिक रूपमा भएका कतिपय निर्णयहरू त्रुटिपूर्ण हुनसक्छन् त्यसबाट सिक्नु र सच्याउनु पनि लोकतन्त्रको मर्म हो। कसैको मानमर्दन गर्नु र कसैलाई विवादमा पार्नु पनि हाम्रो ध्येय हुनै सक्दैन । कार्यक्रममा भएको त्रुटिप्रति क्षमायाचना गर्दै आगामी दिनमा यस्ता गतिविधिमा निकै सचेत रहने प्रतिबद्धता जाहेर गरेको उल्लेख छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय