
पाल्पा । जिल्ला क्रिकेट संघ पाल्पाका अध्यक्ष राजेश श्रेष्ठको निधन भएको छ ।
तानसेन नगरपालिका–७, लामडाँडा निवासी श्रेष्ठको बुधबार निधन भएको हो । उहाँ गएको मंसिर १४ गते अचानक बिरामी भएर लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार गराउनुभएका श्रेष्ठको स्वास्थयमा सुधार नभएपछि उपचारका लागि काठमाडौंमा लगिएको थियो ।
उहाँको उपचारकै क्रममा काठमाडौंमा निधन भएको परिवार स्रोतले जनाएको छ ।