माथागढीमा गाईवस्तुको फार्म व्यवस्थापन सम्बन्धी प्रशिक्षक प्रशिक्षण

पाल्पा । माथागढी गाउँपालिकामा गाईवस्तुको फार्म व्यवस्थापन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

माथागढी गाउँपालिका र माथामालिका एकीकृत कृषि फर्म प्रालिको आयोजना पियुएम नेदरल्याडको सहयोगमा चार दिने गाउँपालिका भित्रका अगुवा पशुपालक कृषकहरुलाई तालिम दिइएको हो ।

तालिममा पियुएम नेदरल्याडका सिनियर बिज्ञ हल्भेलले पशुपालन तथा फार्म व्यवस्थापनका विषयमा सैद्धान्तिक ज्ञान दिनुका साथै किसानको गोठगोठमा पुगेर व्यवाहरिक सीपका विषयमा सहजीकरण गर्नुभएको थियो । व्यासायिक पशुपालन गर्दा गोठको सरफाई र पशुको आहार अन्य वाली जस्तै घासको खेती, लागत र उत्पादनको हिसाव गरेर काम गर्दा सफल भइने प्रशिक्षक हल्भेलको भनाइ थियो । उहाँले सुख्खा मौसममा पनि हरियो घासको विकल्पमा साईलेज प्रयोग गर्दा गाईभैसीलाई राम्रो हुने समेत बताउनुभयो ।

माथागढी गाउँपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकता राखेर काम गरिरहेको गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो । उहाँले पशुपालक कृषकहरुको क्षमता विकासका लागि आवश्यक ज्ञान र सीप वृद्धि गर्ने तालिम सहयोगी भएको बताउनुभयो । गाउँपालिकाले अहिले उत्पादनमा आधारित अनुदानको व्यवस्था गरिएकोले पशुपालनमा आकर्षण गर्न तालिम प्रभावकारी भएको अध्यक्ष चिदीको भनाइ छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय