रिब्दीकोटको घुम्ती शिविरले स्थानीयलाई सहज

पाल्पा । रिब्दीकोट गाउँपालिकाले नागरिकलाई सहज रुपमा सेवा प्रवाहका लागि वडातहमै घुम्ती शिविर सञ्चालन गर्दा स्थानीयलाई सहज भएको छ । गाउँपालिकाले गाउँ गाउँमै पुगेर नागरिकलाई एकीकृत घुम्ती शिविर मार्फत सेवा उपलब्ध गराएको छ । गाउँपालिकामा आएर गर्नुपर्ने सबै काम वडामै उपलब्ध गराउँदा नागरिकको समय तथा आर्थिक बचत समेत हुने भएकोले एकीकृत घुम्ती शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिनुभयो ।

गाउँपालिकाको ७ नं. वडाको मैनादीमा भएको शिविरमा करिव २ सय बढीले सेवा लिएको वडाध्यक्ष दानबहादुर कुँवरले जानकारी दिनुभयो । मैनादीको प्रभात माध्यमिक विद्यालयमा भएको शिविरमा आधारभूत स्वास्थ्य परीक्षण ३१ जनाले गराएका छन । यस्तै राजस्व सम्पत्ति कर संकलन विस हजार १४ रुपैयाँ ६ पैसा संकलन भएको छ । वडास्तरीय योजना सम्झौता ४०, घटना दर्ता ३ व्यवसाय दर्ता, १ कृषि फर्म नविकरण १ वाली उपचार परामर्श ७ माटो परीक्षणका लागि नमुना संकलन १३, गोवर परीक्षण १० जनाले गराएका छन । यस्तै पशपालक कृषकहरुलाई औषधि वितरण तथा परामर्श उपलब्ध गराइएको वडाध्यक्ष कुँवरले बताउनुभयो ।

घुम्ती शिविरमा गाउँपालिका र वडा कार्यालयका सबै शाखाहरूबाट सम्पादन हुने सेवा प्रदान गरिएको छ । गाउँपालिका तथा वडा सम्म पुगे सेवा लिन अप्ठेरो परेका नागरिकलाई सेवा संचानमा आएपछि सहज भएको गाउँपालिका अध्यक्ष कार्कीले बताउनुभयो । वडास्तरबाटै गाउँपालिकाबाट प्रदान गरिने सेवा लिन पाउँदा आफूहरुलाई सहज भएको र स्थानीय सरकारको अनुभूति भएको स्थानीयवासीको भनाइ छ ।

यस्तै रिब्दीकोटको ८ फेकको लूम्बास पनि घुम्ती शिविर सम्पन्न भएको छ । शिविरमा स्वास्थ्य परीक्षण ३२ जना, १८ हजार ४ सय ५४ रुपैयाँ ६० पैसा राजस्व संकलन, घटना दर्ता, जन्म दर्ता ४, मृत्यु दर्ता ३, जन्म दर्ता प्रतिलिपि २२, नागरिकता सिफारिस १०, अन्य सिफारिस ५ , नाता प्रमाणित २, बाली उपचार परामर्श ३ , माटो परिक्षण नमुना संकलन १, गोबर परिक्षण १२, भैंसी तथा अन्य पशुहरूलाई औषधि वितरणलगायतका सेवा उपलब्ध गराइएको थियो । घरदैलोमा सेवा लिन पाउँदा स्थानीवासी खुसी भएका छन । उनीहरुले गाउँपालिका पुग्दा धेरै खाले समस्या हुने गरेकोमा नजिकबाट सेवा पाउँदा सहज भएको वडाध्यक्ष चुराबहादुर छहरीले बताउनुभयो । गाउँपालिकाले आवश्यकता र माग अनुसार सकेसम्म नागरिकलाई सहज हुनेगरी सेवा प्रवाह गर्ने योजना अनुसार काम गरिरहेको गाउँपालिका अध्यक्ष कार्कीले बताउनुभयो ।

गाउँपालिकाले सञ्चालन गर्ने एकीकृत घुम्ती शिविरमा योजना सम्झौता, अनुगमन तथा योजना सम्बन्धी कार्य, सामान्य स्वास्थ्य सेवा, छुट भएका व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुको निवेदन दर्ता, राजस्व संकलन, पशुसेवा र कृषि सेवा सम्बन्धी कार्य र व्यवसाय दर्ता तथा नवीकरणका सेवाहरु उपलब्ध हुने प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले बताउनुभयो ।

सम्बन्धित खवर