रैनादेवीलाई जापानका नागरिकले दमकल सहयोग गर्दै

पाल्पा । रैनादेवी छहरा गाउँपालिकालाई वारुणयन्त्र (दमकल) सहयोग प्राप्त हुने भएको छ ।

आगलागीका घटनालाई नियन्त्रणमा सहयोगी वारुणयन्त्र जापानका नागरिकले सहयोग गर्न लागेका हुन ।

जापानका नागरिकले एक करोड बढी लागत पर्ने वारुणयन्त्र गाउँपालिकालाई दिने तयारी गरेको गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले जानकारी दिनुभयो । वारुणयन्त्र प्राप्त भएमा गाउँपालिका सहति छिमेकी गाउँपालिकाका विभिन्न स्थानमा हुनस्क्ने आगलागीका घटनालाई नियन्त्रणमा लिन सहज हुने अध्यक्ष भट्टराईको भनाइ छ ।

वारुण यन्त्र सञ्चालन र व्यवस्थापनको जिम्मेवारी गाउँपालिकाले लिनेगरी सहयोग आउन लागेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले बताउनुभयो । पाल्पाका दश स्थानीय तहमध्ये तानसेन नगरपालिकामा मात्र वारुणयन्त्र रहेको छ । अन्य स्थानीय तहमा भने हालसम्म वारुणयन्त्र छैन ।

सम्बन्धित खवर