
पाल्पा । लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको “श्रीनगर सांस्कृतिक डबली” तानसेन नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
आइतबार एक औपचारिक कार्यक्रम गरी लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठलाई डबलीको तालाचाबी हस्तान्तरण गर्नुभएको हो । उद्योग पर्यटन यातायात व्यवस्था मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपालबाट स्वीकृत भाषा, संस्कृति र पर्यटन प्रवर्धन कार्यक्रम सञ्चालन तथा कार्यान्वयन कार्यविधिको २०८० को दफा २३ मा संस्कृति संरक्षण र सांस्कृतिक डबली निर्माण, हस्तान्तरण तथा सञ्चालन सम्बन्धी व्यवस्थाको उपदफा ३ मा निर्माण सम्पन्न पश्चात त्यस्ता सार्वजनिक सम्पत्ति संरक्षण र व्यवस्थापनको समेत सुनिश्चित हुने गरी सम्बन्धित स्थानीय तहलाई दिने व्यवस्था अनुसार तानसेन नगरपालिकालाई डबली हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री चौतारीले डबली निर्माणले पाल्पाको पर्यटन विकासमा एक इँटा थप गरेको बताउनुभयो । उहाँले सांस्कृतिक डबली उद्देश्य अनुसार सञ्चालन गरेर लोप हुँदै गएको स्थानीय कला संस्कृतिको जगेर्ना गर्नुपनेर् बताउनुभयो । ऐतिहासिक पाल्पा जिल्लाका मुख्य उत्पादनहरुलाई ब्राडिंगसंगै बजारीकरण गर्नुपर्ने मुख्य मन्त्री चौधारीको भनाइ रहेको थियो । उहाँले डबली सञ्चालनका लागि कार्ययोजना निर्माण गरेर अगाडि बढ्न आग्रह समेत गर्नुभयो ।
लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले पाल्पाको पर्यटन विकासमा डबलीले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले विकासका काम सहज रूपमा अगाडि बढाउन स्थानीय सरकार र प्रदेश सरकारको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा सविधानसभा सदस्य नारायणी घिमिरे, प्रदेशसभा सदस्य वीरबहादुर राना, खेमबहादुर सारु, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, नगर उपप्रमुख प्रतीक्षा सिंजालीलगायतले प्राप्त संरचनाको अधिक प्रयोग गरेर पर्यटन विकाससंगै आर्थिक क्रियाकलाप बढाउनुपनेर्मा जोड दिनुभयो । नगरपालिकाले डबलीको संरक्षण र सञ्चालन गनेर् माग अनुसार श्रीनगर सांस्कृतिक डबली संचालन कार्यविधि २०८० स्वीकृत भै सञ्चालनको सुनिश्चित सहित जिम्मेवारी पाएको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । उहाँले डबलीको सार्वजनिक सम्पत्तिको नियमित रेखदेख, संरक्षण, मर्मतसम्भार र सञ्चालन सर्वपक्षीय छलफलबाट अगाडि बढाइने समेत बताउनुभयो ।
आर्थिक वर्ष २०७५÷०७६ मा तत्कालिन उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको योजना अन्तरगत डिभिजन वन कार्यालय पाल्पा मातहतबाट डबली निर्माण कार्य अगाडि बढेको थियो । जस अनुसार २०७६ असार ८ गते डबली निर्माणका लागि प्रतिष्ठा कन्स्ट्रक्सन प्रा.लि. काठमाडौंले भ्याट सहित ६ करोड ८२ लाख ५६ हजार ९१ रुपैयाँ ५८ पैसामा निर्माणको जिम्मा पाएको थियो । निर्माण कम्पनीले दुई पटक सम्म ६÷६ महिना म्याद थप गरेर २०७९ असार ८ गते काम सम्पन्न गरेको थियो ।
पछिल्लो समय लुम्बिनी प्रदेश सरकार मन्त्री परिषद् कार्य विभाजन नियमावली २०७८ बमोजिम मन्त्रालय विभाजन भै पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशको कार्यक्षेत्रमा पनेर् पर्यटन डिभिजन कार्यालय रुपन्देहीलाई प्राप्त जिम्मेवारी अनुसार योजनाको काम सम्पन्न गराई डिएलपी अवधि भर देखिएको त्रुटीहरु समेत निर्माण व्यवसायीबाट सुधार गर्न लगाइएको कार्यालय प्रमुख गीता आचार्यले बताउनुभयो ।
स्थानीय विभिन्न जातजाति, समुदायको मौलिक भाषा, कला, संस्कृतिको प्रदर्शन गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गनेर् उद्देश्यले तानसेन ५ को कैलाशनगरमा निर्माण गरिएको सांस्कृतिक डबलीभित्र खुल्ला नाच घर (स्टेडियम), कफी हाउस, पार्किङ् स्थल, बाउण्ड्री, बस्ने स्थल, हरियाली बगैँचा रहेको छ । डबलीभित्र स्वास्थ्य जाँच केन्द्र, टिकट घर तथा सुरक्षा गार्ड बस्ने घर पनि बनेको छ । डबली करिब ५ सय जना क्षमताको रहेको प्रवक्ता यादवसिंह कार्कीले जानकारी दिनुभयो ।









