रामपुर बचतको १६ औ साधारणसभा

पाल्पा । रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रामपुरको १६ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार भएको सभामा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सहकारीलाई उत्पादनसंग जोडेर काम गर्नुपर्ने बताउनुभएको छ । सहकारीमा बचत गर्ने मात्रै नभई सेयर सदस्यलाई उत्पादनमूलक क्षेत्रमा कसरी लगाउने भन्नेमा सहकारीले जोड दिनुपर्ने मुख्यमन्त्री चौधरीले बताउनुभयो ।

सभामा लुम्बिनी प्रदेशसभा सदस्य तथा सहकारीका संस्थापक अध्यक्ष राजुप्रसाद श्रेष्ठले रामपुरको विकासका लागि सहकारीले सामाजिक क्षेत्रमा काम गरिरहेको बताउनभयो । उहाँले पाल्पाको पूर्वी क्षेत्रको विकासका गतिविधिबारे जानकारी समेत गराउनुभयो । उहाँले रामपुर आर्यभन्ज्याङ्ग सडक, रामपुर फाँट सिंचाई आयोजना, प्रदेश सरकारको मातहतमा रहेको रामपुर अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध गराउनुपर्ने, प्रदेशको चारवटा भौतिक नमुना शहरमध्ये रामपुर पनि छनौटमा परेकाले रामपुरलाई भौतिक शहरको नमुना शहर स्थापनाका लागि विस्तृत योजना बनाएर छिटो अगाडि बढाउन मुख्यमन्त्रिसमक्ष जानकारी गराउदै अनुरोध गर्नुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले छरिएर रहेका पूंजिलाई सहकारीले संकलित गरेर राखेको र यस सहकारी लुम्बिनी प्रदेशकै उत्कृष्ट र नमुना सहकारी रहेको बताउनुभयो । सहकारीमार्फत आयआर्जनका क्षेत्रमा रामपुर नगरपालिका हातेमालो गरेर काम गर्न तयार रहेको उहाँले बताउनुभयो ।

सहकारीका अध्यक्ष गुरुप्रसाद रेग्मीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै झोलाबाट सुरु भएको सहकारी अहिले सुविधा सम्पन्न भौतिक पूर्वाधार सहित नमुना सहकारीको रूपमा अगाडि बढाइएको जानकारी दिनुभयो । कार्यक्रममा अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले सहकारीले समाजको स्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

सभामा लुम्बिनी प्रदेश सभाका निवर्तमान प्रदेशसभा सदस्य युवराज खनाल, रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, जिल्ला सहकारी संघका सदस्य इश्वरदेवी खनाल, पृथ्वी टेलिभिजनका स्टेसन प्रबन्धक कृष्णप्रसाद पौडेल, पाल्पा मेटोसिटी हस्पिटलका निर्देशक मनिषा सेन्चुरी, सेयर सदस्यको विन्दु श्रेष्ठ, विष्णुप्रसाद पौडेललगायतले आफ्ना भनाइ राख्नुभएको थियो ।

सभाका अवसरमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सहकारीका संस्थापक अध्यक्ष राजुप्रसाद श्रेष्ठ र उपाध्यक्ष नगिलाल पौडेल, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानालाई सम्मान गरिएको छ । यसका साथै संस्थामा आबद्ध ७० वर्ष माथिका ज्येष्ठ नागरिक, असल बचतकर्ता, असल ऋणी, नियमित बचतकर्ता, बालवचतकर्तालाई सम्मान गरिएको छ । साधारणसभामा उपस्थित सेयर सदस्यमध्ये ५० जनालाई गोलाप्राथाद्वारा प्रेसर कुकर, थर्मस, ईलेक्टिक कित्लि वितरण गरिएको थियो ।

सभामा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संचालक समिति सदस्य सुर्य खनाल, कोषाध्यक्षको प्रतिवेदन संचालक समिति सदस्य नारायणी सुवेदी, सचिवको प्रतिवेदन सचिव किर्तिनाथ श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पाल्पा मेटोसिटि हस्पिटलले निशुल्क स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराएको थियोे ।

सभा संचालक समिति उपाध्यक्ष बाबुराम श्रेष्ठले स्वागत, सचिव कृतिनाथ श्रेष्ठको सञ्चालन, सदस्य हजुलदिन मियाको धन्यवाद तथा अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा चलेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय