बिरामीलाई फलफूल वितरण

पाल्पा । निर्माण व्यवसायी संघ पाल्पाले पाल्पा अस्पतातका विरामीलाई फलफूल वितरण गरेको छ ।

१६ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा संघले अस्पतालमा भर्ना भएर उपचार गराइरहेका ९ जना बिरामीलाई पौष्टिक आहार सहित फलफूल वितरण गरेको संघका वरिष्ठ उपाध्यक्ष विष्णुबहादुर कार्कीले जानकारी दिनुभयो ।

संघका अध्यक्ष दामोदर गैरेको सहितको टोली अस्पताल पुगेर स्थापना दिवसका अवसरमा पौष्टिक आहार हरलिक्स र फलफूल वितरण गरिएको हो । हरलिक्स र फलफूल पाएपछि विरामी खुसी भएका थिए । समय समयमा सहयोगका कार्यक्रम अस्पतालमा ल्याउदा विरामीमा सकारात्मक प्रभाव पर्ने भन्दै सहयोगका लागि अस्पतालका मेसु राजेन्द्रबहाहुर जिसीले धन्यवाद ज्ञापन गर्नुभयो

सम्बन्धित खवर