न्यायीक समिति संग प्रहरी साझेदारी कार्यक्रम

पाल्पा । लैङ्गिक हिंसा तथा कानुनी उपचार सम्बन्धि सचेतना कार्यक्रम रामपुर ९ पाल्पामा सम्पन्न भएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत न्यायीक समितिसंग प्रहरी साझेदारी कार्यक्रम गरिएको हो । कार्यक्रममा रामपुर नगरपालिकाका नगर उपप्रमुख बालकुमारी थापाले अहिले पनि समाज र परिवारको डर त्रासका कारण महिलाहरु हिंसा विरुद्ध बोल्न नसक्दा हिंसा बढ्दै गएको बताउनुभयो । उहाँले पीडकको डर र इज्जतका कारण हिंसा सहेर बस्न नहुने बताउनुभयो । साथै सामाजमा हुने लैङ्गिक, आर्थिक, सामाजिक, धार्मिकलगायत जुनसुकै हिंसा विरुद्ध खुलेर विरोध गर्न र कानुनी उपचारको बाटो रोज्नुपर्ने आवश्यकता उपप्रमुख थापाको भनाइ थियो ।

कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष डिलबहादुर रानाले वडालाई हिंसा रहित वडा निर्माणका लागि कसैले पनि हिंसा गर्न नहुने र सहन नहुने कुरामा जोड दिनुभयो । यस्तै कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधि केशवराज पंगेनी , नेकपा एमालेका प्रतिनिधि नेत्र गाहालगायतले समाजमा हुने हिंसाको अन्त्यका लागि सबै संगठित भएर लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुको तर्पmबाट याम कुमारी रानाले हिंसा र यसको कानुनी उपचारको विषयमा जानकारी गराएकोमा नगरपालिकालाई धन्यवाद दिनुभयो । कार्यक्रममा लैङ्गिक हिंसा , हिंसाका प्रकार , यसको अवस्था र न्यायीक समितिले गर्ने कामको विषयमा रामपुर नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख पूजा परियार र कानुनी व्यवस्था, उपचारका सार्थै नेपाल प्रहरीको भूमिकाका विषयमा इलाका प्रहरी कार्यालय, रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले सहजीकरण गर्नु भएको थियो ।

सम्बन्धित खवर