पाल्पा । रिब्दीकोट गाउँपालिकाले नागरिकलाई सहज रुपमा सेवा प्रवाहका लागि वडातहमै घुम्ती शिविर सञ्चालन गर्दा स्थानीयलाई सहज भएको छ ।
गाउँपालिकाले गाउँ गाउँमै पुगेर नागरिकलाई एकीकृत घुम्ती शिविर मार्फत सेवा उपलब्ध गराएको छ । गाउँपालिकामा आएर गर्नुपर्ने सबै काम वडामै उपलब्ध गराउँदा नागरिकको समय तथा आर्थिक बचत समेत हुने भएकोले एकीकृत घुम्ती शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिनुभयो ।
गाउँपालिकाको ७ नं. वडाको मैनादीमा भएको शिविरमा करिव २ सय बढीले सेवा लिएको वडाध्यक्ष दानबहादुर कुँवरले जानकारी दिनुभयो । मैनादीको प्रभात माध्यमिक विद्यालयमा भएको शिविरमा आधारभूत स्वास्थ्य परीक्षण ३१ जनाले गराएका छन । यस्तै राजस्व सम्पत्ति कर संकलन विस हजार १४ रुपैयाँ ६ पैसा संकलन भएको छ । वडास्तरीय योजना सम्झौता ४०, घटना दर्ता ३ व्यवसाय दर्ता, १ कृषि फर्म नविकरण १ वाली उपचार परामर्श ७ माटो परीक्षणका लागि नमुना संकलन १३, गोवर परीक्षण १० जनाले गराएका छन । यस्तै पशपालक कृषकहरुलाई औषधि वितरण तथा परामर्श उपलब्ध गराइएको वडाध्यक्ष कुँवरले बताउनुभयो ।
घुम्ती शिविरमा गाउँपालिका र वडा कार्यालयका सबै शाखाहरूबाट सम्पादन हुने सेवा प्रदान गरिएको छ । गाउँपालिका तथा वडा सम्म पुगे सेवा लिन अप्ठेरो परेका नागरिकलाई सेवा संचानमा आएपछि सहज भएको गाउँपालिका अध्यक्ष कार्कीले बताउनुभयो । वडास्तरबाटै गाउँपालिकाबाट प्रदान गरिने सेवा लिन पाउँदा आफूहरुलाई सहज भएको र स्थानीय सरकारको अनुभूति भएको स्थानीयवासीको भनाइ छ