निस्दीको एकीकृत शिविरमा सेवाग्राहीको भिड

पाल्पा । नागरिकलाई स्थानीयस्तरमै सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले निस्दी गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ति शिविरमा सेवाग्राहीको भिड लागेको छ ।

सोमाबारदेखि सुरु भएको शिविर दुई चरणमा गरेर २८ गतेसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । शिविर पहिलो दिन मंसिर १८ गते सोमबार ७ नं. वडा ज्यामिरे, मंगलबार ५ नं. वडा गल्धा र बुधाबार ३ नंं वडा झिरुवासमा सम्पन्न भएको छ । तीन वडामा सञ्चालन भएको शिविरमा सेवा लिनका लागि उपस्थित सेवाग्राहीको संख्या उल्लेख्य रहेको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो । उहाँले गाउँपालिकामा आएर लिनुपर्ने सेवा भौगोलिक हिसावले कठिन र आर्थिक रुपमा समेत खर्चिलो हुने गरेकोमा घरआगनमै सेवा लिन पाउँदा नागरिक उत्साहित भएको समेत बताउनुभयो ।

यस्तैगरी मंसिर २१ गते २ नं. वडा सहलकोट, मंसिर २६ गते १ नं. वडा बाकामलाङ मंसिर २७ गते ६ नं. वडा अर्चले र मंसिर २८ गते ४ नं. वडा मित्यालमा शिविर सञ्चालन हुने सूचना अधिकारी अर्जुन खनालले बताउनुभयो ।

शिविरमा चालु आर्थिक वर्षमा सञ्चालन हुने योजना सम्झौता, व्यवसाय दर्ता तथा नविकरण, आँखा जाँच र सामान्य स्वास्थ्य परीक्षण सहित औषधि वितरण, मेंडपा कार्यक्रमबाट उत्पादित सामाग्री प्रदर्शनी, सचेतनामूलक भिडियो डकुमेन्ट्री प्रर्दशन, अपाङ्ग परिचय पत्र, जेष्ठ नागरिक परिचय पत्र वितरण र जेष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले जानकारी दिनुभयो । उहाँले यसका साथै पञ्जिकरण सम्बन्धी विभिन्न सेवा, पशु स्वास्थ्य सम्बन्धी औषधि वितरण, कृषि सम्बन्धी रोग किरा बारे परामर्श सेवा उपलब्ध गराइएको सूचना अधिकारी अर्जुन खनालले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय