फिर्ताभयो पश्चिम रुकुम पुगेको एमाले पाल्पाको टोली

पाल्पा । भूकम्पबाट ढलेको भौतिक संरचनाहरु उठाउन पुगेको नेकपा एमाले पाल्पाको टोली फर्किएको छ ।

भूकम्प प्रभावितहरुलाई सहयोग गर्न पाल्पा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यको नेतृत्वमा पाल्पाली टोली पश्चिम रुकुमको आठबिस्कोट नगरपालिका वाड नं १३ घेत्मामा मंसिर ५ गतेदेखि १९ गतेसम्म १४ दिनसम्म खटिएर फिर्ता भएको एमाले पाल्पाका जिल्ला उपाध्यक्ष देवीलाल लामिछानेले बताउनुभयो ।

आठबिसकोट १३ मा ७६ वडा घर र १ माध्यमिक विद्यालय, ३ प्राथमिक विद्यालय, १ च्युरी प्रसोधन केन्द्रमा क्षती भएको थियो । जसमा पाल्पाली टोलीले २ विद्यालयसहित ४३ अस्थायी घर टहरा निर्माणसंगै १६ वटा भग्नावशेष हटाएर फर्किएको टोली नेता तथा प्रतिनिधिसभा सदस्य आर्चायले जानकारी दिनुभयो ।

फर्किनेक्रममा जनताको पार्टीका रुपमा स्थापित नेकपा एमाले जुनसुकै ठाउँमा समस्या भएपनि दुखमा साथ दिन आफूहरु निरन्तर खट्ने भएकोले भूकम्प पीडितहरु माझ पुगेको सांसद आचार्यले बताउनुभयो । उहाँले घेत्मा गाउँमा भत्किएका घरहरुलाई पुननिर्माणमात्र होइन, विक्षिप्त गाउँलेहरुका घाउमा मलमपट्टी लगाउन आफूहरुले सानो सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

यसका साथै भूकम्प पीडित जनताको जीवन निकै कष्टकर संग बितिरहेको छ । राहत वितरणलाई एकद्वार प्रणालीको नाममा पक्षधरता कायम भएकोले पीडितहरु आक्रोशित भएका छन । पीडितहरुका लागि राहत र पुनस्थापनाका कार्यक्रम तीव्र रुपमा सञ्चालन गर्न सांसद आचार्यले सरकारको ध्यानआकर्षण समेत गराउनुभएको छ ।

यस वडामा मात्रै भूकम्पमा परी ९ जनाको मृत्यु भएको थियो भने १४ जना घाईते भएका छन । प्रतिनिधिसभा सदस्य आचार्यले मृतकप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सोकाकुल परिवारमा समवेदना व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ । भूकम्प पीडित क्षेत्रमा स्वयंसेवक रुपमा खट्दा आवश्यक सहजीकरण र व्यवस्थापनमा सहयोग गर्ने नेकपा एमाले रुकुम पश्चिमको जिल्ला कमिटी अध्यक्ष नन्दराम देबकोटासहित सम्पूर्ण टिमलाई धन्यवाद ज्ञापन समेत गर्नुभएको छ ।

टोलीमा सांसद आचार्य सहित एमाले जिल्ला उपाध्यक्ष लामिछाने, लालबहादुर दर्लामी, रोमबहादुर लम्तरी, शंकर गौतम, साबित्रा गुरुङ्ग, राजेश भट्टराई, रमा श्रेष्ठ, कमल भट्टराई, सन्देश ढकाल, सुमन पोखरेल, जीवन घिमिरे, देवबहादुर सारु, लिलबहादुर दिशा, रमेश भट्टराई समेत रहनुभएको छ ।

सम्बन्धित खवर