पाल्पा ।‘स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वयमसेविकाको संयुक्त प्रयास’ भन्ने नारासहित मंगलबार २० औं महिला स्वास्थ्य स्वयंसेविका दिवस पाल्पामा विभिन्न कार्यक्रमसहित मनाइएको छ ।
जिल्लाका स्थानीय तह र सम्बद्ध संस्थाहरूले महिला स्वास्थ्य स्वयंसेविका सम्मान, प्रतियोगिता, सचेतनामूलक अभियान लगायतका कार्यक्रम गरी दिवस मनाइएको छ । यसै सन्र्दभमा बगनासकाली गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविका सम्मानसहित मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले दिवसले महिलाहरूमा उर्जासहित समुदायमा थप सक्रियताका साथ काम गर्न सहयोग पु¥याउने बताउनुभयो । गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले दिवस महिलाहरूमा उत्साह भर्ने अभियान भएकोले यस्ता महत्वपूर्ण कार्यक्रममा महिलाहरूलाई सामुदायिक स्वास्थ्य शिक्षा पहुँच वृद्धिमा सहयोगी हुने बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले आगामी दिनमा गाउँपालिकाको स्रोत साधन पहिचन गरी दिवसलाई थप परिस्कृत र स्वास्थ्य स्वयंमसेविकामैत्री कार्यक्रमका साथ अगाडि बढाइने बताउनुभयो ।
गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका समाजमा सकारात्मक रहेको बताउनुभयो । स्वयंसेविकाको तर्फबाट प्रतिनिधिमूलक भनाई राख्दै स्वयमसेविका कमला रेग्मीले कम सुविधामा २४ सै घण्टा खटिने महिला स्वास्थ्य स्वयंम सेविकाहरूलाई सेवा अनुसारको सुविधा राज्यले नदिएको गुनासो गर्नुभयो । उहाँले महिला स्वास्थ्य स्वयंसेविकाको लागि सेवा रजिष्टर, प्राथमिक स्वास्थ्य उपचार राख्ने किटवक्सजस्ता सामान्य सामग्रीसमेत उपलब्ध नहुँदा सेवा प्रवाह असहज भएको बताउनुभयो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले कार्यक्रमको सञ्चालनसँगै स्वास्थ्य सम्बन्धी जानकारी प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा वडा नं.६ यम्घा स्वास्थ्य चौकी प्रमुख रामप्रसाद न्यौपानेले मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामूलक प्रस्तुति राख्नुभएको थियो । वडा नं. १ मा कार्यरत स्वास्थ्य स्वयंमसेविका विष्णुमाया चिदीको अध्यक्षता, गाउँपालिकामा कार्यरत सिअनमी संगीता थापाको स्वागत स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
नेपालमा स्वयंसेविकाहरूले परिवार नियोजनबारे चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वाससम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम, सञ्चालन, स्वास्थ्य शिक्षा प्रदानजस्ता काम गर्दै आएका छन् ।