पाल्पा । जिल्लाकाे रिब्दीकोट गाउँपालिका ७ नं. वडा पालुङ्मैनादीमा प्रथम सुन्तला महोत्सव सम्पन्न भएको छ ।
रिब्दीकोट गाउँपालिका ७ नंं वडाको आयोजनामा सुन्तलाको बजार प्रवद्र्धन र कृषकलाई प्रोत्साहन गर्नका लागि महोत्सव आयोजना गरिएको रिव्दीकोट– ७ नं. वडाका वडाध्यक्ष दानबहादुर कुँवरले जानकारी दिनुभयो ।
एक दिने महोत्सवको पाल्पा क्षेत्र नंं २ का संघीय सांसद ठाकुरप्रसाद गैरेले उद्घाटन गर्नुभएको हो ।
स्थानीयस्तरमा सुन्तला खेती गर्ने कृषकको उत्पादनको बजारीकरण, व्यवसायिकीकरण र सुन्तलाको विविधकरणमा सहयोग गर्न महोत्सव सफल भएको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो ।