लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रको विकासमा जोड दिनेछौ  : अर्थमन्त्री राना

रामपुर । लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्की रानाले लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रलाई सुगम क्षेत्रका रुपमा विकास गर्ने बताउनुभएको छ । रामपुर नगरपालिकाले आयोजना गरेको परिचयात्मक कार्यक्रम तथा १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानको शुभारम्भ कार्यक्रममा सहभागी हुनुहुदै प्रदेशको पूर्वी भाग रामपुर लगायतका क्षेत्र विकासको केन्द्र बिन्दु रहेकाले यसको बृहत्तर विकासमा प्रदेश सरकारले जोड दिने मन्त्री रानाले बताउनुभयो ।

कालीगण्डकी करिडोर सडकमार्गले नारायणघाट, बुटवल, काठमाण्डौँ, पोखरा लगायतका ठुला–ठुला सहरसंग रामपुर जोडिएको हुँदा यो क्षेत्र आफैमा केन्द्रको रुपमा विकास भइरहेको उहाँ भनाइ थियो । उहाँले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा आफूले राजनीतिक जीवनकालमा सक्रियताका साथ लागेको बताउनुहुदै दशवर्षे जनयुद्धमा महिला सक्रियताका कारण नेपाली सेनामा महिला सेना भर्ती लिन थालेको र अहिले धेरै महिला नेपाली सेनामा आबद्ध रहेको बताउनुभएको छ । हिंसाबिरुद्रको अभियानमा प्रदेश सरकारले विभिन्न कार्यक्रम गर्नुपर्ने आवश्यकता रहेको हुदा अभियानको रुपमा सञ्चालन गर्ने उहाँले बताउनुभएको छ ।

साथै अर्थमन्त्री रानाले रामपुरमा सञ्चालित पन्ध्र शैयाको रामपुर आयुर्वेद अस्पतालको अवलोकन गर्नुहुदै अस्पतालको सेवा प्रवाह र व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । अर्थमन्त्री रानाले रामपुरका शैक्षिक, स्वास्थ्य लगायत विभिन्न क्षेत्रको अवलोकन गर्दै जानकारी समेत लिनुभएको छ ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा आयुर्वेद शाखा प्रमुख चेमनप्रकाश पोखरेलले स्वागत गर्नुभएको हो भने संचालन नगरपालिकाका प्रेस सल्लाहकार दानु हिस्कीले गर्नुभएको थियो ।

सम्बन्धित खवर