
पाल्पा । तानसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको १५ औं साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभामा पाल्पा क्षेत्र नंं २ का संघीय सांसद ठाकुरप्रसाद गैरेले सहकारी आपसी सहकार्यबाट सञ्चालन हुने भएकोले शेयर सदस्यको हित केन्द्रित भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले गाउँ गाउँमा बैक तथा वित्तिय संस्थाहरुहरु पुग्न नसकेको अवस्थामा सहकारीले आवश्यक पूँजी संकलन, परिचाल गरेर आर्थिक कारोवारमा वृद्धि गरेको बताउनुभयो । सांसद गैरेले समय अनुसार सहकारीले कारोवारमा परिवर्तन गरी कृषि, उधोग तथा रोजगारमुखी अभियान सञ्चालन गरेर जनताको आयआर्जनमा सहयोग बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो । पछिल्लो समय गाउँ सहर जताततै केहि पक्षले निराशाका कुरा गरेर जनताहरुलाई अल्मलाई रहेको अवस्थामा सहकारीहरुले आशा जगाउने खालका गतिविधिहरु सञ्चालन गरी अर्थतन्त्रलाई चलायमान बनाउन पहल गर्नुपर्नेमा सांसद गैरेले जोड दिनुभयो ।
साधारणसभामा संहकारीका अध्यक्ष भोजराज पोखरेल (रामजी)ले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन प्रतिवेदन पेश गर्नुभयो । उहाँले संस्थाले गत आर्थिक वर्षमा ८ करोड ३० लाख ४१ हजार ७ सय २७ रुपैयाँ बराबरको कुल कारोवार गरेको जानकारी दिनुभयो । संस्थाले १४ लाख ९७ हजार ४ सय १८ रुपैयाँ खुद नाफा गरेको बताउनुभयो । संस्थाको जगेडा कोषमा ४४ लाख ११ हजार १ सय ७६ रुपैयाँ, अन्य कोषमा ८९ लाख ६७ हजार ५८ रुपैयाँ रहेको बताउदै अध्यक्ष पोखरेलले कुल आम्दानी १ करोड ६६ लाख ९४ हजार ९ सय ९० रुपैयाँ गरेको विवरण सार्वजनिक गर्नुभयो । संस्थाले आगामी दिनमा कार्यक्षेत्र विस्तार गर्ने, सदस्यता वृद्धिको लागि एक जनाले २० जना सदस्यसम्म सिफारिस गर्ने लाई वार्षिक रुपमा सम्मान गर्ने, पाल्पामा सम्भावित घरेलु उधोग संचालन गर्ने, दैनिक बचत कार्य अगाडि बढाउने गरी कार्ययोजना ल्याइएको अध्यक्ष पोखरेलले जानकारी गराउनुभयो ।
कार्यक्रममा कोषाध्यक्ष दिपक विश्वकर्माले गत वर्ष शेयर पूँजी १ करोड ९ लाख ९० हजार रहेकोमा चालु आर्थिक वर्षमा १ करोड २० लाख रुपैयाँ बनाउने लक्ष्य लिइएको जानकारी दिनुभयो । उहाँले संस्थाले विना धितो शेयर सदस्यहरुलाई ५० हजार, धितो राखी १ लाखदेखि ३० लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्दै आएको बताउनुभयो । कार्यक्रममा लेखा समिति संयोजक गुराँश आत्रेयले समय अनुसार कार्यालयलाई सेवा प्रवाहमा प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभयो । यसका साथै सबै समिति तथा उपसमितिहरुलाई पूर्ण रुपमा क्रियाशील बनाउनु पर्ने, कर्जा लगानीमा बीमा कार्यक्रम लागु गर्नुपर्ने, कर्जा असुलीमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख टंकनाथ खनाल, संस्थाका प्रमुख सल्लाहका भेषराज सुवेदी, सल्लाहकार धनेन्द्रराज घिमिरे, जिल्ला सहकारी संघका अध्यक्ष भुपती पाण्डेलगायतले तानसेन सहकारीले खेलेको भूमिकाका विषयमा बोल्नुभएको थियो ।
साधारणसभामा शेयर सदस्य ठाकुर प्रसाद गैरे संघीय सांसद, खेमबहादुर सारु प्रदेश सासभासदस्यमा निर्वाचित भएकोमा सम्मान गरिएकाे छ । यस्तै संस्थाले प्रमुख सल्लाहकार भेषराज सुवेदी, उत्कृष्ट बचतकर्ता विनु कुमारी पुन र चुरा बहादुर गोदार लाई सम्मान गरेको छ । सभा संस्थाका अध्यक्ष पोखरेलको अध्यक्षता, उपाध्यक्ष शान्ती बस्याल पाण्डेको स्वागत र सचिव धनिश्वर बस्यालको संचालनमा भएको हो ।