आचारसंहिता कार्यान्वयन विभागको संयोजकमा अर्याल

पाल्पा । नेपाल प्रेस युनियनको आचारसंहिता कार्यान्वयन विभागको संयोजकको जिम्मेवारी पाल्पाका माधवप्रसाद अर्यालले पाउनुभएको छ ।

प्रेस युनियनको विधान २०४८ (छैटौँ संशोधन– २०७९) परिच्छेद ४, धारा २८ बमोजिम युनियनका अध्यक्ष शिव लम्सालले युनियनका पदाधिकारीलाई १५ विभागमा संयोजकको जिम्मेवारी तोक्दा पाल्पाका अर्यालले आचारसंहिता कार्यान्वयन विभागको संयोजकको जिम्मेवारी पाउनु भएकाे हाे ।

विभागका संयोजकहरूले युनियनको विधानको परिधिमा रहेर पत्रकार र पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रको प्रवद्र्धन, युनियनको संस्थागत विकास, संगठनको मूल्य–मान्यता र आदर्शलाई आत्मसात् गर्दै काम गर्ने विश्वास लिएको छ ।

अर्याल पाल्पामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहनुभएको छ । उहाँ अहिले कान्तिपुर दैनिकका उपसम्पादक हुनुहुन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय