टिपर दुर्घटनामा एकको मृत्यु

पाल्पा । निस्दी गाउँपालिका ७ मोटेखर्कको ज्यामिरे–अरुणखोला भित्रि कच्चि सडकमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

विहान भुटुकेबाट चुनढुङ्गा लिई नवलपुरको होङ्सी सिमेन्टतर्फ जाँदै गरेको लु २ ख ५२९ नम्बरको टिपर अचानक ब्रेकमा समस्या आई सडकको भित्तामा ठोकिन जाँदा दुर्घटना हुँदा पूूर्वखोला गाउँपालिका –२ जल्पाकी १९ वर्षीया दिल कुमारी आलेको मृत्यु भएको हो । दुर्घटनामा परी अन्य ३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

घाईते हुनेहरुमा निस्दी गाउँपालिका –७ की २५ वर्षीया हिमाली आले, चालक मकवानपुरको मनोहरी गाउँपालिका– ९ का २६ वर्षीय अञ्जन सुनार र सहचालक मकवानपुर हेटौडा –९ का २४ वर्षीय आशिष सुनार रहेका छन । उनीहरुलाई उपचारको लागि नवलपुर पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय