
पाल्पा । पाल्पामा एक युवाको डुबेर मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तिनाउ गाउँपालिका–३, भुतखोलामा डुबेर रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका–९ का २२ वर्षीय विमल आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही स्थानका २६ वर्षीया युना दाहाल डुब्दा गम्भीर घाइते भएका छन ।
मंगलबार बिहान साढे १० बजेतिर रुपन्देहीबाट पाल्पातर्फ घुम्न आएका दुबैजनालाई भुतखोलामा डुबेको अवस्थामा देखेपछि स्थानीयवासिन्दाले उद्दार गरी अस्पताल पठाएका थिए । दुबैजनालाई उपचारको लागि बुटवलको बुटवल अस्पताल प्रालिमा पठाइएको थिउो ।
अस्पतालमा पुगेलगतै आचार्यलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।









