
पाल्पा । माथागढी गाउँपालिका पाल्पाले नेपालीहरुको दोस्रो ठूलो पर्व दिपावली अर्था तिहारमा प्लाष्टिकजन्य फूलमाला प्रयोग नगरी प्राकृतिक पूmलमाला प्रयोग गर्न आग्रह गरेको छ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै माथागढी गाउँपालिका सयपत्री फूलमा आत्मनिर्भर रहेकोले फूल कृषकहरुको प्रोत्साहनका लागि प्राकृतिक फूलको प्रयोग गर्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले जानकारी दिनभुयो । उहाँले प्लाष्टिकजन्य फूलमालाले वातावरण प्रदुषण गराउनुका साथै मानव स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने अवस्थालाई मध्यनजर गरी दिवावलीमा गाउँपालिका क्षेत्रभित्र प्लाष्टिकजन्य फूल, माला विक्री वितरण नगर्न नगराउनुहुन समेत व्यापारीहरुलाई आग्रह गरिएको बताउनुभयो
गाउँपालिकाबाट प्राकृतिक फूलहरुबाट बनेका सामग्री प्रयोग गर्न व्यापारी तथा सर्वसाधरण नागरिकलाई अनुरोध गरिएको गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले जानकारी दिनुभयो । प्रकाशित सूचनामा गाउँपालिका भित्र आवश्यक अन्य पर्व तथा उत्सवका लागि समेत प्राकृतिक फूलका लागि सम्पर्क गर्ने कृषकहरुको नाम र सम्पर्क नं. सार्वजनिक गरिएको उहाँले बताउनुभयो ।
स्थानीय उत्पादनको प्रयोग गरी कृषकहरुलाई प्रोत्साहन गर्ने दायित्व सबैपक्षको भएकोले सुचना मार्फत आमनागरिक र व्यापारीलाई अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले बताउनुभयो ।
सूचनाकाे विवरण








