
पाल्पा । गएको शुक्रबार राति जाजरकोटमा गएको भूकम्पमा परेका पीडितको राहत र पुनःस्थापनाका लागि माथागढी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयले पाँच लाख सहयोग उपलब्ध गराउने भएको छ ।
आइतबार बसेको कार्यपालिका बैठकले पीडितहरुलाई थोरै भएपनि आर्थिक सहयोग गर्दा राहत हुने भएकोले गाउँपालिकाबाट ५ लाख सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले जानकारी दिनुभयो ।
सरकारले भूकम्पपीडितको राहत एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने निर्णय गरेको छ । सोहीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभिन्न नौ वाणिज्य बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा सहयोग रकम पठाउन आग्रह गरेको छ । सोही अनुसार सहयोग रकम जम्मा गरिने गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले जानकारी दिनुभयो ।